back
CTIZAN AD

नेकपाको आजको बैठक के भयो त निर्णय ?

वि.सं.२०७६ भदौ २५ बुधवार

888 

shares

२५ भदौ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को बुधबार बसेको बैठकले स्थानीयतहको उपनिर्वाचनका लागि विभिन्न प्रक्रिया पूरा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले एकिकरणका बाँकी रहेका कामहरु टुंग्याउने भनिए पनि आजको बैठक विशेष गरेर स्थानीय निकायको उपनिर्वाचनमा केन्द्रीत रहेको थियो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर फर्केपछि पहिलोपटक बसेको बुधबारको सचिवालय बैठकले स्थानीय निकायको उपनिर्वाचनका लागि पुन : दल दर्ता गर्नुपर्ने संबैधानिक र कानुनी व्यवस्था तथा त्यसलाई आधारित बनाएर निर्वाचन आयोगले गरेको सूचनाको आधारमा यहि महिनाभित्र दल दर्ताकाका सम्पूर्ण प्रक्रिया पूरा गरेर जाने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले सम्पूर्ण प्रक्रिया पूरा गरेर त्यसलाई फत्ते गर्ने कामको जिम्मेवारी महासचिव विष्णु पोडेललाई दिइएको बताए ।

त्यस्तै सांगाठानिक एकिकरण सम्बन्धी विषयका बारेमा छिट्टै अर्को बैठक आयोजना गरेर निर्णय लिइने पनि पवक्ता श्रेष्ठले बताए ।

वि.सं.२०७६ भदौ २५ बुधवार १८:१० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...