२६ भाद्र, काठमाण्डौं । आज बिहान भएको सन्दिप लामिछाने आवद्ध टिम barbados Tridents र st- kitts and Nevis patriots बिचको खेलमा barbados Tridents ले जित निकाल्न सफल भएको छ ।
पहिले st- kitts and Nevis patriots ले टस जित्दै barbados Tridents लाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गर्न आएको barbados ले आफ्नो पहिलो विकेट २८ रनमा गुमाउन पुग्यो । त्यसपछि जोनसन चाल्र्स र लेनिको बाउचरले पारिलाई अगाडि बढाएका थिए । चाल्र्स ४३ बलमा ५२ रन बनाउँदै आउट भएका थिए । त्यसपछि आएका जेपी डुमिनीले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४३ रन बनाए ।
बाउचरले पनि ४७ बलमा ६२ रन बनाउँदै barbados लाई २० ओभरमा २ विकेटको नोक्सानमा १८६ रन पुर्याए ।
त्यसपछि ब्याटिङ गर्न आएको patriots ले राम्रो सुरुवात गर्न सकेन । patriots ले आफ्नो २ विकेट २८ रनमै गुमाउन पुग्यो । सन्दिपले आफ्नो पहिलो ओभर राम्रो गरेका थिए । सन्दिपले आफ्नो दोश्रो ओभरमा पनि ७ रन मात्र दिएका थिए ।
सन्दिप आफनो तेश्रो ओभर गर्न आउदा Patriots को स्कोर ९७ रनमा ३ विकेट थियो । सन्दिपले आफ्नो तेश्रो ओभरको अन्तिम बलमा पनि इभान्सको विकेट लिन सफल भएका थिए । सन्दिपले खेलको १५ औं ओभर तथा आफ्नो अन्तिम ओभरको तेश्रो बलमा ब्राथवेटलाई LBW आउट गराउँदै आफ्नो तेश्रो विकेट लिन सफल भए । सन्दिपले आफ्नो ओभरको अन्तिम बल गर्न नपाउँदै खेल वर्षाका कारण रोकिएको थियो ।
खेल फेरि सुरु भएपछि सन्दिपले आफ्नो ओभर पूरा गरेका थिए । ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए। Barbados ले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै गर्दा patriots ले १६९ रन बनाएको थियो । Barbados ले १८ रनले जित निकालेको छ ।
वि.सं.२०७६ भदौ २६ बिहीवार ०८:४४ मा प्रकाशित

























