back
CTIZAN AD

भ्रमण वर्ष लक्षित एक्स्पो हुने

वि.सं.२०७६ भदौ २६ बिहीवार

951 

shares

 

२६ भदौ, काठमाडौँ । नेपाल भ्रमण वर्ष २२० लाई लक्षित गरी नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) हुने भएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजना र नेपाल भ्रमण वर्ष २०२० सचिवालय तथा नेपाल पर्यटन बोर्डको समन्वयमा आगामी २१ देखि २४ फेब्रुअरी २०२०माकाठमाडौँमा एक्स्पो हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पाटाका नेपाल च्याप्टर अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्षको अवसरमा नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटन स्रोत बजार चीन र भारत हुने भएकाले ती दुई देशका पर्यटकलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको बताए ।

अध्यक्ष शाक्यले नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता, प्राकृतिक सौन्र्दयता, नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तार गर्न कार्यक्रमले सहयोग गर्ने भन्दै दुई देशबाट पर्यटन आगमन हुने सम्भावनासमेत रहेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षमा पनि सरकारले चीन र भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना राखेको बताए ।

भ्रमण वर्ष २०२० का अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले चीन र भारत ठूला पर्यटन स्रोतको बजारका रुपमा रहेकोले कार्यक्रमले ती बजारबाट पर्यटन भित्र्याउन सहयोग मिल्ने बताए ।

वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:३७ मा प्रकाशित

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ...