back
CTIZAN AD

तपाई विहिबार जन्मनु भएको हो, हेर्नुहोस् के भन्छ त तपाईका बारे ज्योतिष विज्ञान ?

वि.सं.२०७६ भदौ २६ बिहीवार

1.3K 

shares

विहिबार जन्मने मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन् । उनीहरुको मनमा लाग्यो, यो काम गर्नैपर्छ भनेपछि उनीहरु गरेरै छाड्छन् । उनीहरुको बडी ल्याङवेज सबैलाई आकर्षित गर्न खालको हुन्छ । सफा मनका हुन्छन् । गोपनियतामा पक्का हुन्छन् । अरुको समस्या सुल्झाउनमा यी व्यक्तिहरु माहिर हुन्छन् । यी व्यक्तिहरु निर्दोष हुन्छन् । छिट्टै अरुको कुरामा भर पर्छन् । उनीहरुको रंग पहेलो हुन्छ ।

उनीहरुको राशी धनु र मीन हुन्छ । उनीहरु राम्रो वक्ता, राम्रो शिक्षक, राम्रो सल्लाहकार यातफेरि निर्णायक तहमा काम गर्न सक्छन् ।
विहिबार जन्मिएका व्यक्तिहरु राजकिय सेवामा पुग्न सक्छन् । केही व्यक्तिहरु योगी पनि हुन्छन् । उनीहरुमा कल्पना शक्ति पनि धेरै राम्रो हुन्छ । उनीहरुमा लेखकिय क्षमता धेरै राम्रो हुन्छ । जीवनमा यस्ता व्यक्तिहरुको मनको भावना बुझेर सहयोग गरेमा उनीहरु धेरै राम्रो गर्न सक्ने र ख्याती प्राप्त गर्ने सक्ने ज्योतिष विज्ञान भन्छ ।

यदि जन्म अवस्थामा शनि, मंगल र वृहस्पति कमजोर रहेका छन् भने उनीहरुको जीवन सामान्य तरिकाले वित्छ । उनीहरु शान्तिप्रिय हुन्छन् । जे छ त्यसैमा चित्त बुझाएर अगाडि बढ्छन् । उनीहरु सन्तोषजनक रुपमा जीवनलाई अगाडि बढाउँछन् । उनीहरु पानी जस्तै हुन्छन् । पानीलाई जे चिजमा मिलाए पनि त्यसमा मिलेको हुन्छ ।

उनीहरु राम्रो मान्छेसँग राम्रो व्यवहार गर्छन् । नराम्रो सोच्नेसँग लामो संगत गर्दैनन् । जस्तो मान्छे त त्यस्तै व्यवहार गर्नमा उनीहरु माहिर हुन्छन् । कसैलाई सताउने प्रवृत्ति उनीहरुमा हुँदैन । अरुसँग काम लिनका लागि धेरैपटक चतुर पनि हुन्छन् । कुनै पनि घटनामा छिट्टै उदास बन्ने गर्छन् ।

जीवनमा राम्रो कुरा मन पराउनु र ठूलो कुरा सोच्नु, धेरै कमाउनु, ठूलो सोँचसहित जीवन जिउन खोज्ने उनीहरुको सामान्य बानी हुन्छ । उनीहरुमा कफ, आँखा तथा दातको समस्या भइरहन सक्छ । उनीहरु धेरै महत्वकांक्षी पनि हुन्छन् । विहिबार जन्मिएका व्यक्तिले पहले वस्त्र अथवा पहेलो टिका लगाउनु शुभ मानिन्छ । पहेलो रंगको कपडा नलगाए पनि सानो टुक्रा पहेलो कपडा आफ्नो खल्तिमा वा व्यागमा राख्न सक्छन् । त्यस्तै पहलो रंगको प्रसाद पनि बाड्न सक्छन् । जस्तै केरा, मिठाई वा आप । त्यस्तै पहेलो वस्तु दान पनि गर्न सक्छन् ।

उनीहरु धर्मकर्म र शिक्षामा अव्वल हुन्छन् । उनीहरुलाई पुर्णिमाको ब्रत धेरै राम्रो हुने बताइन्छ । उनीहरुको मन धेरै राम्रो हुने र राम्रो काम गर्ने । विहिबार जन्मने व्यक्तिले आफूभन्दा ठूला व्यक्तिबाट आर्शिवाद लिन जरुरी हुन्छ । त्यसले उनीहरुको जीवनमा ठूलो महत्व राख्छ ।
त्यस्तै उनीहरु बुद्धिमान हुन्छन् । उनीहरु भित्र शत्रु परास्त गर्ने क्षमता पनि हुन्छ । उनीहरु ठूलो भन्दा ठूलो समस्यामा परे पनि पार गरेर बाहिर आउन सक्छन् । समझदारी साहसका साथ पार गर्छन । उनीहरुका साथी पनि समझदार हुन्छन् ।

त्यस्तै विहिबार जन्मिएका महिलाहरु राजनेता, इन्जिनियर, डाक्टर बन्ने योग रहेको छ । उनीहरु अरुको समस्यामा सहयोग गर्न सदैव तत्पर हुन्छन् । उनीहरु सबै प्रकारका सुख भोग्न सक्छन् । उनीहरुले विष्णु भगवानको पूजा गर्दा राम्रो हुन्छ ।

वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:३३ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...