२७ भाद्र, काठमाण्डौं । अमेरिका सबैको सपनाको देश मानिन्छ । त्यहि सपनाले मानिसलाई के–के सम्म बनाउँछन् अथवा कस्तो अवस्थामा पुर्याउँछ भन्ने त्यो हामि सबैले पढ्दै आएका हौं । महिनौ लगाएर अमेरिका पुग्ने तल्लो बाटोको कथा पनि कैयौ पटक पढेका छौं । तर, जहाजमै चढेर अमेरिका जानका लागि एक भारतीय युवाले यस्तो सम्म हिम्मत गरेको खबर भने पहिलो पटक सुनिएको हो ।
नेपालमा मात्र नभएर भारतमा पनि दलालहरुले विभिन्न देश पठाउने बहानामा सर्वसाधारणलाई यस्तो अवस्था सम्म पुर्याउँछन भन्ने कुरा उक्त घटनाले देखाउँछ । जुन कुरा ती युवाले गरेका थिए ।
३२ वर्षीया जयस पटेल नामका एक भारतीय युवा ८१ वर्षको वृद्ध व्यक्ति बनेर अमेरिकाको न्युयोर्क उड्न थालेका थिए । उनको साथमा थियो नक्कली पासर्पोट ।
सेतो दाह्री, बाक्लो चश्मा, र सेतै फेटा बाँधेका ती युवा ह्विलचेयरको सहाराले अध्यागमन समेत पार गरिसकेका थिए । शरीर काँपेजस्तो गर्दै नाटक समेत गरेका थिए उनले । तर, जाँचकै क्रममा उभिन गाह्रो भएको बताएपछि जाँच अधिकारीहरुले उनलाई शंका गरेका थिए । सोहि आधारमा उनको डकुमेन्ट चेक गर्ने क्रममा उनले अम्रिक सिंह नामको पासपोर्ट अधिकारीलाई दिएका थिए । उनको जन्म मिति १ फेब्रअरी १९३८ रहेको थियो । जाँचका क्रममा व्यक्तिको अनुहार र छालाको प्रकृति पासपोर्टमा रहेको उमेरसँग मेल नखाएपछि युवकमाथि छानविन सुरु भएको थियो । उनी इन्दिरा गान्धि विमानस्थलबाट पक्राउ परेका हुुन् ।

छानविनका क्रममा ती युवाले आफ्नो राहदानी नक्क्ली भएको तथा आफूले अमेरिका जानका लागि वृद्धको नक्कल गरेको खुलासा गरेका थिए । उनलाई यस्तो बनाउने प्रबन्ध सबै दलालले गरेका थिए । ऐजेन्सी
वि.सं.२०७६ भदौ २७ शुक्रवार ०९:०० मा प्रकाशित




























