back
CTIZAN AD

एनओसीको अध्यक्षमा जीवनराम श्रेष्ठ, महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित

वि.सं.२०७६ भदौ २८ शनिवार

891 

shares

नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित भएका हुन् ।

कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए भने उमेशलालले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा लगातार दुई कार्यकाल निर्वाचित भएका हुन्।

त्यसैगरी महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनले १५ मत ल्याए । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि बनाउँदै महासचिव पदमा निर्वाचित भए । लाखेले १२ मत ल्याएका थिए ।

एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेजबहादुर गुरुङ (२०), अशोकराज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द वैद्य (२२) मतसहित विजयी भए । पाँच उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धा गरेका थिए ।

सचिवमा रामजी श्रेष्ठ ९१८०, दीपकहर्ष बज्राचार्य ९२५० र तुलसी थापा ९२१० मत ल्याएर निर्वाचित हुनुभयो । तीन सचिवका लागि चार जनाले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्वसदस्यसचिव केशकुमार विष्टले १७ मत ल्याएर पराजित भए ।

महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भइसककेका छन् । सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), राम अवाले (२०), प्रकाशशम्शेर राणा (२६), गोपालसुन्दरलाल कक्षपति (२६), टाँसी घले (२४), होमबहादुर दोङ (२५) र दीर्गबहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

सात सदस्यका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भए । उनले नौ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७६ भदौ २८ शनिवार १७:५७ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...