आइतबार जन्म लिएका मानिसहरु मेघावी हुन्छन् । उनीहरु आफैलाई भाग्मानी ठान्छन् । जीवनमा सधै प्रयत्नशील हुन्छन् । जुन काममा लाग्छन् त्यो कामलाई सफल बनाएर छाड्ने दृढ स्वभाव उनीहरुमा हुन्छ । उनीहरुको सोच सधै अगाडि बढ्ने हुन्छ । कहिलेकाँही मतलवि पनि हुन्छन । कहिलेकाँही दानी तथा उदार पनि बन्छन् ।
आइतबार जन्मने मानिसहरुमा सम्मोहन सक्ति पनि हुन्छ । आफ्नोतर्फ अरुलाई आकर्षक गर्ने कला उनीहरुमा हुन्छन् । साताको सुरुवाती आइतबार हुन्छ । नव ग्रहमण्डलको सुर्य राजा हुने हुने भएकोले आइतबार जन्मने व्यक्तिहरु संसारमै राज गर्न खोज्छन् । जसरी सुर्यले संसारलाई उज्यालो दिन्छ त्यस्तै आइतबार जन्मने मानिसहरु संसारमा धेरै राम्रो काम गर्छन् ।
उनीहरुमा फरक कामगर्ने हिम्मत र क्षमता हुन्छ । दुर्भाग्यवस ग्रहको राम्रो साथ भएन भने धेरैपटक प्रिय व्यक्तिसँग उनीहरुको सम्बन्ध टुट्छ । जीवनमा एक्लै संघर्ष गर्नुपर्दछ । उनीहरुको प्रवृत्ति रिसाहा पनि हुन्छन् । जर्वजस्ती कसैलाई सताउँदैनन् । उनीहरुको जीवन सधैं प्राक्टिकल हुन्छ ।

आइतबार जन्मने व्यक्तिहरुको सम्बन्ध सूर्यसँग हुने भएकाले यस्ता व्यक्तिले तामा धारण गर्ने, सूर्यको उपासना गर्ने गर्दा राम्रो हुन्छ । आइतबार जन्मने व्यक्तिहरुका लागि हरेक दिन रातो रंगको कपडा नै शुभ हुन्छ । अन्य दिन नभए पनि आइतबारको दिन रातो रंगको कपडा लगाउँदा धेरै शुभ हुन्छ । साथै आइतबार रातो रंगको वस्तु दान गर्दा अति राम्रो हुन्छ । भाडा, कपि, किताब दान गर्दा धेरै राम्रो हुन्छ । आइतबार जन्मने मानिसहरु अत्यन्तै शौभाग्यशाली हुन्छन् ।
त्यस्तै यीनिहरु कम बोल्छन् । कसैले कुरा गरिरहेको बेला उनीहरु बोल्दैनन् । शिक्षाको क्षेत्रमा राम्रो पकड बनाउँछन् । धार्मिक क्षेत्रमा अत्यधिक रुची राख्छन् । कसरी अरुलाई सुख दिने भन्ने प्रयासमा यी व्यक्तिहरु सदैव रहन्छन् । २० देखि २२ वर्षको उमेरसम्म यी व्यक्तिहरुलाई पीडाको अनुभुति हुन्छ । साथै दुःख सहन गर्दै यी व्यक्तिहरु खुसी रहन्छन् । मनमा कुनै पनि प्रकारको ग्लानी हुँदैन उनीहरुलाई ।

आइतबार जुन महिलाको जन्म हुन्छ ती महिलाहरु अत्यधिक दान गर्ने तथा धर्मकर्ममा लाग्ने हुन्छन् । अरुको दुःख देखेर आफै दुःखी बन्छन् । अरुसँग कुरा गर्ने कलामा माहिर हुन्छन् । यी महिलाहरु आज्ञाकारी हुन्छन् । आमा बुवा तथा परिवारको साथ उनीहरुको सम्बन्ध राम्रो हुन्छ ।
वि.सं.२०७६ भदौ २९ आइतवार ०८:४८ मा प्रकाशित






























