२९ भदौ, बाके । काग्रेंस सभापति शेरबाहादुर देउवाले पार्टी नेताहरुमाथि आक्रामण गर्नेलाई कारबाही नभए संसद् ठपप पार्ने बताएका छन् । नेपालगञ्जमा शनिबार कार्यकर्ता भेटघाटमा उनले भ्रषटचारविरुद्ध आवाज उठाउँदा नियोजित ढंगले आक्रमण भएको बताए ।
‘पार्टीका जिल्ला सभापतिलाई कुटपिट गरेर हात भचिएको छ,’ उनले भने , ‘यो नियोजित आक्रमण हो । आक्रमणकारीलाई कारबाही नभए संसद् ठप्प पार्छौ ।’
शनिबारै दाङको घोराहीमा आयोजीत कार्यक्रममा उनले सत्तापक्षले कांग्रेस नेताहरुमाथि जर्बजस्ती गरिएको बताएका थिए । ‘यस्तो कार्य नरोकिए सरकारलाई काम गर्न दिँदैनौ,’ उनले भने । पार्टीभित्रै एकता नभएकाले आक्रमण भइरहेको उनले बताए । बाहिरी आक्रमणबाट बाच्न उकता जरुरी रहेकामा उनले जोड् दिए । कांग्रेसमाथिको आक्रमणलाई उनले लोकतन्त्रमथिको आक्रमण संज्ञा दिए । आइतबारको कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७६ भदौ २९ आइतवार ०८:४६ मा प्रकाशित






























