back
CTIZAN AD

दुर्घटनामा दुईको मृत्यु

वि.सं.२०७६ भदौ २९ आइतवार

879 

shares

२९ भदौ, चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो । यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको युपी२१सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १२प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल चालक घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम छ ।

यस्तै कालिका नगरपालिका–७ गैँडाखोलास्थित भित्री सडकखण्डमा जुटपानीबाट क्लबचोकतर्फ आउँदै गरेको ना३त १३३५ नंको ट्र्याक्टरले विपरीत दिशातर्फ गइरहेको ना४१प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७६ भदौ २९ आइतवार ०८:५४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...