back
CTIZAN AD

दाङका तीन पालिकामा मौरी ‘जोन’ कार्यक्रम शुरु

वि.सं.२०७६ भदौ २९ आइतवार

951 

shares

२९ भदौ, घोराही । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ ।

दाङको जोन क्षेत्र निर्धारण समितिको छनोटको आधारमा र जनताको माग बढेपछि जिल्लामा मौरीको पनि जोन कार्यक्रम थपिएको हो । जिल्लामा लामो समयदेखि मह उत्पादन हँुदै आइरहेको छ भने दाङ जिल्ला मौरीपालनमा उपयुक्त पनि मानिन्छ । सोही कारण दाङमा यस वर्षदेखि मौरीको जोन कार्यक्रम शुरु गरिएको जोन निर्धारण समितिका संयोजक तिलबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र जिल्लाका पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिकालाई मौरीको जोन क्षेत्रको रूपमा निर्धारण गरिएको हो । उनले जिल्लामा मौरीपालक किसानले आफूले पालेको मौरी जुनसुकै ठाउँमा लगेर पनि पाल्न सकिने जानकारी दिए । त्यसकारण पनि दाङमा यहाँका किसानभन्दा पनि जिल्ला बाहिरबाट चरिचरनका लागि आउनेहरुले दोब्बर मह उत्पादन गरिरहेका छन् ।

परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आवद्ध गर्ने निर्णय गरेको छ । मौरी जोन कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले १० वर्षे कार्यक्रमको रूपमा जिल्लामा मौरीको जोन कार्यक्रम लागु भएको बताए । उनले मौरी जोन लागू भएको पहिलो चरणमा जिल्लामा मौरी जोनका रूपमा छनोट भएको क्षेत्रको थप अध्ययन गर्ने, मौरीपालक व्यवसायीको क्षमता विकास, सीप विकासमा जोड दिने, मौरी व्यवसायीलाई यान्त्रिकीकरणतर्फ जोड दिनका लागि मेसिन उपलब्ध क्षेत्र छनोट गर्नेलगायतका काम गरिने जानकारी दिए । मौरीपालन व्यवसायीको सहजताका लागि मौरीको रानो उत्पादन गर्ने नर्सरी तथा स्रोत केन्द्र स्थापना पनि गरिने योजना रहेको छ । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार १२:०६ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...