back

दाङका तीन पालिकामा मौरी ‘जोन’ कार्यक्रम शुरु

वि.सं.२०७६ भदौ २९ आइतवार

618 

shares
IME Limited
NTC AD

२९ भदौ, घोराही । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ ।

दाङको जोन क्षेत्र निर्धारण समितिको छनोटको आधारमा र जनताको माग बढेपछि जिल्लामा मौरीको पनि जोन कार्यक्रम थपिएको हो । जिल्लामा लामो समयदेखि मह उत्पादन हँुदै आइरहेको छ भने दाङ जिल्ला मौरीपालनमा उपयुक्त पनि मानिन्छ । सोही कारण दाङमा यस वर्षदेखि मौरीको जोन कार्यक्रम शुरु गरिएको जोन निर्धारण समितिका संयोजक तिलबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र जिल्लाका पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिकालाई मौरीको जोन क्षेत्रको रूपमा निर्धारण गरिएको हो । उनले जिल्लामा मौरीपालक किसानले आफूले पालेको मौरी जुनसुकै ठाउँमा लगेर पनि पाल्न सकिने जानकारी दिए । त्यसकारण पनि दाङमा यहाँका किसानभन्दा पनि जिल्ला बाहिरबाट चरिचरनका लागि आउनेहरुले दोब्बर मह उत्पादन गरिरहेका छन् ।

परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आवद्ध गर्ने निर्णय गरेको छ । मौरी जोन कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले १० वर्षे कार्यक्रमको रूपमा जिल्लामा मौरीको जोन कार्यक्रम लागु भएको बताए । उनले मौरी जोन लागू भएको पहिलो चरणमा जिल्लामा मौरी जोनका रूपमा छनोट भएको क्षेत्रको थप अध्ययन गर्ने, मौरीपालक व्यवसायीको क्षमता विकास, सीप विकासमा जोड दिने, मौरी व्यवसायीलाई यान्त्रिकीकरणतर्फ जोड दिनका लागि मेसिन उपलब्ध क्षेत्र छनोट गर्नेलगायतका काम गरिने जानकारी दिए । मौरीपालन व्यवसायीको सहजताका लागि मौरीको रानो उत्पादन गर्ने नर्सरी तथा स्रोत केन्द्र स्थापना पनि गरिने योजना रहेको छ । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार १२:०६ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो

पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो

गुल्मी । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार...

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी । लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी...

जुर्मुराउदै बर्दियाका बुद्धिजीवीहरु

जुर्मुराउदै बर्दियाका बुद्धिजीवीहरु

लुम्विनी प्रदेशको सबैभन्दा पश्चिममा रहेको बर्दीया जिल्लाका बुद्धिजीवीहरु बौद्धिक कर्मका...

गुल्मीमा विद्युतको पोलमा चढेका एक युवकको करेण्ट लागेर मृत्यु

गुल्मीमा विद्युतको पोलमा चढेका एक युवकको करेण्ट लागेर मृत्यु

गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ...