back
CTIZAN AD

विदेशमा पढेर एग्रो फार्ममा रमाउँदै

वि.सं.२०७६ भदौ २९ आइतवार

885 

shares

२९ भदौ, गलेश्वर । न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु ५३ लाखको लगानीमा गाउँमा नै एग्रो फार्म सञ्चालन गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रिजाल एग्रो फार्म सञ्चालन गरेर कुखुरापालन र आग्र्या्निक कृषिमा रमाइरहेका यी दुई भाइको दिनचर्या देख्दा पढे लेखेर जागिरै खानुपर्छ वा विदेशमा नै जानुपर्छ भन्नेहरुले गतिलो पाठ सिक्न सक्छन् ।

काठमाडौँमा मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने व्यवसाय र शहरको बसाइ छोडेर आफ्नै गाउँमा केही गर्नुपर्छ भनी गाउँमा फर्केका दीर्घ र न्युजिल्याण्डबाट अध्ययन पूरा गरिआएका मुकुन्द (दुई भाइ) मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना एग्रो फार्म बनेको छ । दाजु दीर्घले पनि व्यवस्थापन विषयमा डिग्री पास गरेका छन् ।

स्थानीयवासी झकबहादुर थापा र लीलबहादुर थापाको १४ रोपनी जग्गा लिजमा लिएर शर्माद्वयले व्यवसाय शुरु गरेका हुन् । जग्गाधनीलाई वार्षिक रु एक लाख २० हजार भाडा तिर्ने सम्झौतामा जग्गा भाडामा लिएको दीर्घप्रसादले बताए ।

आठ वर्ष काठमाडौँमा होस्टेल र रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेका दीर्घ र न्युजिल्याण्डमा प्रशस्त कमाउन सकिने अवसर छोडेर गाउँ फर्किएका मुकुन्दले म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजीकै नमूना एग्रो फार्म सञ्चालन गरेका हुन् ।

रिजाल एग्रो फार्म दर्ता गरी व्यवसाय शुरु गरेका शर्माको फार्ममा अहिले ब्वायलर दुई हजार र लेयर्स जातका तीन हजार ८०० गरी करीब ६ हजार कुखुरा छन् । साथै बारीमा २५० बोट हजारे जातका केरासमेत शर्माले लगाएका छन् ।
त्यसैगरी शर्माद्वयले आग्र्या्निक कृषि, माछापालन र रेष्टुरेन्ट सञ्चालन गर्ने सोच रहेको बताए । व्यवसाय सुरु गर्नुभन्दा पहिला बजारको अध्ययन गरेको उनिहरुको भनाइ रहेको छ । “मैले बजारको राम्रोसँग अध्ययन पनि गरेको छु”, दीर्घ शर्माले भने, “उत्पादन गर्न सके बजारको समस्या छैन ।”
विदेशमा अध्ययन गरेको सीपलाई स्वदेशको आफ्नै व्यवसायमा प्रयोग गर्ने दीर्घका कान्छा भाइ मुकुन्दले बताए । दाइले कृषि व्यवसाय थालेपछि खुशी हुँदै आफू पनि स्वदेश फर्किएको उनकोे भनाइ छ । विदेशमा गर्ने परिश्रम गाउँमै गर्न सके दामका साथै नाम पनि कमाउन सकिने उनले बताए । पढेलेखेका युवाले कृषि पेशा गर्नुहुन्न भन्ने भ्रमलाई चिर्न पनि आफूहरु गाउँ फर्किएर पेशा शुरु गरेको उनिहरुको भनाइ छ ।
शर्मा दाजुभाइले सञ्चालन गरेको यस फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । म्याग्दीलाई मासु, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यसहित कृषि कर्ममा लागेका यी दुई भाइले त्यसैबाट व्यावसायिक लाभ लिने लक्ष्य राखेका छन् । दुई भाइले फार्मको जिम्मा लिएका भए पनि यसमा लगानी भने शर्माका चार भाइको रहेको छ । जेठा दाइ दीपक अमेरिकामा कार्यरत छन् भने माहिला दाइ निजामती सेवामा छन् । चार भाइको सामूहिक लगानीमा शुरु गरिएको व्यवसायको क्षेत्र बढाउने सोचमा रहेको दीर्घप्रसादले बताए ।
कुखुरापालन व्यवसायमा चल्ला हुर्काउनमा ठूलो चुनौती हुने शर्मा भन्छन् । कुखुरापालन जोखिमपूर्ण व्यवसाय भएकाले चल्ला हुर्काउँदा विशेष ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ । व्यवसायको शुरुआतमै राम्रो भएकाले सफल हुने उनको विश्वास रहेको छ । कुखुरापालन व्यवसायमा रोग नलागेमा र मौसमले साथ दिएमा राम्रो आम्दानी हुने उनको भनाइ रहेको छ । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार १३:५२ मा प्रकाशित

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...