back
CTIZAN AD

संसारभरीका पर्वतेलीहरु जन्मथलोमा भेला हुने

वि.सं.२०७६ भदौ २९ आइतवार

1.8K 

shares

२९ भदौ, काठमाण्डौं ।  संसारभरी रहेका पर्वतेलीहरु आफ्नो जन्मथलो पर्वतमा भेला हुने भएका छन् ।

संसारभरी छरिएर रहेका पर्वतेलीहरुलाई एकत्रित बनाउँदै अगाडि बढेको अन्तराष्ट्रिय पर्वत समाजले आफ्नो दोश्रो अधिबेशन जन्मभूमि पर्वतको हुवासमा गर्ने भएको हो ।

जिल्लको विकास र समृद्दिका लागि प्रवासीद्धारा गठन गरिएको उक्त समाजले अक्टोबर १० ( असोज २३) मा सम्पन्न हुने उक्त दोश्रो अधिबेशन भव्य बनाउनका लागि नेपाल प्रतिनिधि मुना भुसाललाई व्यवस्थापन संयोजक तोकेको बताइएको छ ।

संयोजकले स्थानीय निकाय र अन्तराष्ट्रिय समितिसँग समन्वय गरेर समितिको पूर्णताका लागि अर्को बैठकमा प्रस्ताव गर्नेछन् । साथै अधिबेशन सफल बनाउनका लागि गठन गरिने उपसमितिको नाम बैठकमा पेश गर्न अन्तराष्ट्रिय पर्वत समाजका सचिव मणि भुर्तेललाई जिम्मा दिइएको समाजका सहकोषाध्यक्ष बिनोद पुरीले बताएका छन् ।


त्यसैगरी दुवईमा आयोजित भेलामा पैयु गाउँपालिका प्रमुख खगेन्द्रप्रसाद तिवारीले गरेको प्रसुति गृह निर्माणको प्रस्तावलाई अनुमोदन गर्दै समाजले पैयु गाउँपालिकामा प्रसुति गृह निर्माण गर्ने समेत जानकारी दिइएको छ ।

सोहि अवसरमा समाजका महासचिव गुणराज शर्माले प्रशिद्ध धार्मिक एवम् पर्यटकियस्थल सेतीवेणी, पैयुकोट लगायतका पर्वतका धार्मिक तथा पर्यटकियस्थलको क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले समाजले त्यस क्षेत्रमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

त्यस्तै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले पैयुँसँगै समग्र पर्वतको विकास र समृद्दिमा टेवा पुर्याउने उद्धेश्यले भेला आयोजना गरिएको बताउँदै उक्त भेलाले आगामी दिनमा कुन–कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने सम्भावनाहरु तय हुने तथा पहिल्याउने पनि उनले बताए ।

अध्यक्ष गिरीले विश्वभरी छरिएर रहेका पर्वतेलीहरुलाई भेलामा सहभागी हुन पनि अनुरोध गरेका छन् ।

वि.सं.२०७६ भदौ २९ आइतवार १४:३७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...