२९ भदौ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने पैतालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन सूचना प्रकाशित गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने पैतालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०७५ साल जेष्ठ १८ गतेदेखि २०७६ साल जेष्ठ ३१ गते तदनुसार सन्न् २०१८ जून १५ देखि २०१९ जुन १४ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका र सोही अवधि भित्र विद्यावारिधि phd पूरा गरेका इच्छुक विद्यार्थीहरुले परीक्षा नियन्त्रण Website http://tuexam.edu.np/convocation/ मार्फत Online फाराम भर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फाराम भर्ने विधि र आवश्यक कागजातहरू
त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयको Website:tuconvocation.tuexam.edu.np मा राखिएको आवेदन फाराम आवेदक स्वयंले भरीonline बाट नै सोही website मार्फत submit गर्नु पर्नेछ । आवेदन फाराम internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएको दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ ।
website online फाराम १५ सेप्टेम्बर २०१९ देखि १९ अक्टोबर २०१९ गतेसम्म मात्र उपलब्ध हुनेछ । उक्त अवधि भित्र मात्र कुनै पनि समयमा फाराम भर्न सक्ने समेत जानकारी गराईन्छ । बैकमा १८ अक्टोबर २०१९ भित्रमा रकम जम्मा गरिसकेको हुनुपर्नेछ । १९ अक्टोबर २०१९ पछि online फाराम स्वतः बन्द हुनेछ ।
online MRP आवेदन फाराम भर्दा MRP साईजको फोटो, नागरिकताको प्रमाणपत्र वा पासपोर्ट र ट्रान्स्कृप्ट scan गरी upload गर्नु पर्नेछ । Online फाराम भरिसकेपछि emali मार्फत प्राप्त सम्पूर्ण PDF Document Print गरी सुरक्षित राख्नु पर्नेछ ।
दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ भदौ २९ आइतवार १४:५४ मा प्रकाशित






























