back
CTIZAN AD

मगर राष्ट्रिय मुक्तिमोर्चाको एकता भेला

वि.सं.२०७३ मंसिर १२ आइतवार

1.1K 

shares

१२ मंसिर, इटहरी । नेकपा (माओवादी केन्द्र) निकट मगर मुक्तिमोर्चा नेपाल, सुनसरीको जिल्ला एकता भेला  शनिबार इटहरीमा सम्पन्न गरिएको छ । भेलाले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।

भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवम् मगर राष्ट्रिय मुक्तिमोर्चाका प्रदेश नं १ का इन्चार्ज अभिमन्यु मगरले मगर समुदायले नेपालको हरेक राजनीतिक परिवर्तनको आन्दोलन र जनयुद्धमा समेत ठूलो योगदान पु¥याएको कुरामा जोड दिनुभयो ।

तर राज्यले मगरहरूले गरेको त्यागअनुसार उचित स्थान दिन भने कन्जुस्यार्इं गर्दै आएकामा चित्त दुखाइ रहँदै आएका उहाँले बताउनुभयो ।

सोही अवसरमा मगर नेता फणीन्द्र मगरले माओवादी जनयुद्धमा तीन हजारभन्दा बढी मगरहरूले सहादत प्राप्त गरेको तथ्याङ्क रहेको भएपनि देश शान्ति प्रक्रियामा आएपछि मगर समुदायले पु¥याएको योगदानको भने कदर हुन नसकेको गुनासो गर्नुभयो ।

मीन मगरको अध्यक्षतामा भएको मगर एकता भेलामा रविकुमार पुलामी मगर, तेज रानामगर, मणि रानामगरलगायतले मगरहरूप्रति राजनीतिक दलहरूले प्रयोगको नीतिअनुसार प्रयोग गर्ने तर राज्यले मगर समुदायलाई समानरुपमा सहभागिता गराउने विषयमा भने खासै चासो नराख्ने गरेको गुनासो गर्नुभयो ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:०५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...