back
CTIZAN AD

गाडीमानै जलाएर मारिएका खड्काको हत्यारा सार्वजनिक गर्न माग

वि.सं.२०७३ मंसिर १२ आइतवार

993 

shares

१२ मंसिर, दमक । गाडीमा नै जलाएर हत्या गरिएका झापाका एक चालकको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न झापाका यातायात व्यवसायी तथा मजदुर सङ्घ सङ्गठनले माग गरेका छन् ।

रामेछापको निगलापानी भन्ने स्थानमा गाडीमा नै जलेको अवस्थामा भेटिएका लखनपुर–१ का २५ वर्षीय विशाल खड्काको नियोजित ढङ्गबाट हत्या भएको भन्दै जिल्लाका यातायात व्यवसायी तथा मजदुरजन्य सङ्घसंस्थाले कारबाहीको माग गरेका हुन् ।

शनिबार दमकमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात मजदुर सङ्घ, नेपाल ट्रेड युनियन, कनकाई यातायात सङ्घ र मेचीनगर ट्याक्सी व्यवसायी सङ्घले हत्यामा संलग्नको तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात मजदुर सङ्घका जिल्ला वरिष्ठ उपाध्यक्ष विश्वासकुमार काश्यपले यो घटनाले यातायात चालकको पेसा नै खतरामा परेको बताउनुभयो । उहाँले भन्नुभयो – “यो घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ होइन भने हामी चरणबद्ध आन्दोलन गर्छौं ।”

मे १ झ २१८७ नंको टाटासुमो चलाएर काठमाडौँदेखि पूर्वतर्फ आउँदै गरेका खड्काको गत मङ्सिर ९ गते रामेछापको निगलापानी भन्ने स्थानमा पछाडिको सिटमा राखी जलाएर हत्या गरिएको अवस्थामा भेटिएको थियो । पत्रकार सम्मेलनमा पूर्वाञ्चल यातायात व्यवसायी सङ्घका पूर्व अध्यक्ष गङ्गा सिटौलाले शव भेटिएको प्रकृति हेर्दा यो नियोजित ढङ्गबाट हत्या भएको भन्दै हत्यारालाई तत्काल सार्वजनिक गरिनुपर्ने माग गर्नुभयो ।

ती सङ्गठनले घटनाको कडा शब्दमा भत्र्सना गर्दै २४ घन्टाभित्र हत्यारा सार्वजनिक गर्न प्रशासनलाई अल्टिमेटमसमेत दिएको बताएका छन् । घटनास्थल पुग्नुभएका सिटौलाले उक्त घटना भवितव्य हुन नसक्ने भन्दै पाशविक तवरले हत्या नै भएको दाबी गर्नुभयो ।

मृतकको शव अझै परीक्षण हुन सकेको छैन । उनको शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको बुझिएको छ ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:०७ मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...