back
CTIZAN AD

ललाइ फकाइ काठमाडौँ लैजाँदै गरेका मजदुरलाई बाटैबाट उद्घार

वि.सं.२०७३ मंसिर १२ आइतवार

945 

shares

१२ मंसिर, मुगु । काठमाडौँमा काममा लगाउँछौँ भन्दै ललाइफकाइ गरी बसमा लैजाँदै गरेको अवस्थामा मुगु प्रहरीले शनिबार महिला, बालबालिका तथा युवा–युवतीलाई बीचबाटैबाट उद्घार गरेको छ ।

मुगु जिल्लाका कार्कीवाडा, रुगा, रोवा र श्रीनगर गाविसका विभिन्न गाउँबाट काठमाडौँको दक्षिणकालीमा रहेको शङ्कर इँटाभट्टामा काममा लगाइदिन्छु र बालबालिकालाई निःशुल्क पढाइदिन्छौँ भनी ललाइफकाई गरी ९७ जनालाई काठमाडौँतर्फ लैजाँदै गरेको भन्ने सूचनाका आधारमा मुगु प्रहरीले सदरमुकाम नजिकै प्रहरी कार्यालयमाथिबाट उद्घार गरेको हो ।

प्रहरीका अनुसार ९६ मध्ये २४ जना १६ वर्ष मुनिका बालबालिका रहेको र गाविसअनुसार हेर्दा श्रीनगरबाट ४२, रोवाबाट ३१, कार्कीवाडाबाट १७ र रुगाबाट सातजना लान लागेका थिए ।

इँटाभट्टाका नाइके विजौरी गाविस–६ दाङ घर भएको बताउने अन्दाजी ३० वर्षीय पुरन पुनमगर र टीका लगाएकी दिदी बताउने स्थानीय सम्पर्कवाली मुगु जिल्ला सेरी–६ की २९ वर्षीया ममता घर्तीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रहरी कार्यालयमा भेटिएका गाउँलेले हिउँदमा घरमा कुनै काम नभएको र कारखानामा एक हजार इँटा बोकेमा रु ३०० र खाना, बास र बालबच्चालाई निःशुल्क पढाउने भनेपछि बालबच्चा र श्रीमतीसहित हिँडेको बताएका छन् ।

नाइके मगरको साथमा कम्पनी र आफ्नै परिचय खुल्ने कुनै प्रमाण नभेटिएपछि थप अनुसन्धान गर्न दाङ र रुकुम प्रहरीमा बुझ्न लागिएको हो र महिला तथा बालबालिकालाई समेत मजदुरीका लागि लान खोजेकाले नाइकेलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक शारदाप्रसाद चौधरीले बताउनुभयो ।

मजदुरीमा जान लागेका सबै दलित समुदायका रहेका छन् । श्रीनगर–१ श्रीनगर गाउँका दलित अगुवा दानसिङ नेपाली मुगुमा रहेको दलित समुदाय गरिब, पिछडिएका भएकाले यिनीहरूलाई फकाउन सजिलो हुने भएकाले पहिलो निशाना दलित समुदाय भएको र घरपरिवार पाल्न काम पाइने र बालबच्चाले सजिलै काठमाडौँमा पढ्न पाउने भएपछि अरु भविष्य कुनै नसोची परिवारै काठमाडौँ जान थालेको बताउँछन् ।

मुगुमा मजदुरी गर्ने कुनै काम नभएपछि बाध्य भएर जस्तो भएपनि काठमाडौँ जान राजी भएका दलित परिवारका लागि जिल्लाले सोच्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ ।

इँटाभट्टा धनी ललितपुर बुङ्मती घर भएका राजु तुलाधरलाई फोन सम्पर्क गर्दा मुगुबाट नभएर दाङबाट आफूले ५० जना उमेर पुगेका मजदुर ल्याउन रु पाँच लाख दिएपनि मुगुबाट बालबालिका, महिलासमेतलाई ल्याउन र बालबालिकालाई निःशुल्क पढाइ दिनेबारे आफूले नभनेको बताएकाले हुलका हुल परिवारै लान खोजेकाले झन् रहस्यमय बन्दा अनुसन्धान थाल्नुपरेको पनि प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।

नाइके मगरले मुगुबाट काठमाडौँसम्म प्रतिबस रु एक लाख ५० हजारमा तीनवटा बस रिजर्भ गरी लैजाँदै गरेका थिए । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:०९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...