back

ललाइ फकाइ काठमाडौँ लैजाँदै गरेका मजदुरलाई बाटैबाट उद्घार

वि.सं.२०७३ मंसिर १२ आइतवार

588 

shares
IME Limited
NTC AD

१२ मंसिर, मुगु । काठमाडौँमा काममा लगाउँछौँ भन्दै ललाइफकाइ गरी बसमा लैजाँदै गरेको अवस्थामा मुगु प्रहरीले शनिबार महिला, बालबालिका तथा युवा–युवतीलाई बीचबाटैबाट उद्घार गरेको छ ।

मुगु जिल्लाका कार्कीवाडा, रुगा, रोवा र श्रीनगर गाविसका विभिन्न गाउँबाट काठमाडौँको दक्षिणकालीमा रहेको शङ्कर इँटाभट्टामा काममा लगाइदिन्छु र बालबालिकालाई निःशुल्क पढाइदिन्छौँ भनी ललाइफकाई गरी ९७ जनालाई काठमाडौँतर्फ लैजाँदै गरेको भन्ने सूचनाका आधारमा मुगु प्रहरीले सदरमुकाम नजिकै प्रहरी कार्यालयमाथिबाट उद्घार गरेको हो ।

प्रहरीका अनुसार ९६ मध्ये २४ जना १६ वर्ष मुनिका बालबालिका रहेको र गाविसअनुसार हेर्दा श्रीनगरबाट ४२, रोवाबाट ३१, कार्कीवाडाबाट १७ र रुगाबाट सातजना लान लागेका थिए ।

इँटाभट्टाका नाइके विजौरी गाविस–६ दाङ घर भएको बताउने अन्दाजी ३० वर्षीय पुरन पुनमगर र टीका लगाएकी दिदी बताउने स्थानीय सम्पर्कवाली मुगु जिल्ला सेरी–६ की २९ वर्षीया ममता घर्तीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रहरी कार्यालयमा भेटिएका गाउँलेले हिउँदमा घरमा कुनै काम नभएको र कारखानामा एक हजार इँटा बोकेमा रु ३०० र खाना, बास र बालबच्चालाई निःशुल्क पढाउने भनेपछि बालबच्चा र श्रीमतीसहित हिँडेको बताएका छन् ।

नाइके मगरको साथमा कम्पनी र आफ्नै परिचय खुल्ने कुनै प्रमाण नभेटिएपछि थप अनुसन्धान गर्न दाङ र रुकुम प्रहरीमा बुझ्न लागिएको हो र महिला तथा बालबालिकालाई समेत मजदुरीका लागि लान खोजेकाले नाइकेलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक शारदाप्रसाद चौधरीले बताउनुभयो ।

मजदुरीमा जान लागेका सबै दलित समुदायका रहेका छन् । श्रीनगर–१ श्रीनगर गाउँका दलित अगुवा दानसिङ नेपाली मुगुमा रहेको दलित समुदाय गरिब, पिछडिएका भएकाले यिनीहरूलाई फकाउन सजिलो हुने भएकाले पहिलो निशाना दलित समुदाय भएको र घरपरिवार पाल्न काम पाइने र बालबच्चाले सजिलै काठमाडौँमा पढ्न पाउने भएपछि अरु भविष्य कुनै नसोची परिवारै काठमाडौँ जान थालेको बताउँछन् ।

मुगुमा मजदुरी गर्ने कुनै काम नभएपछि बाध्य भएर जस्तो भएपनि काठमाडौँ जान राजी भएका दलित परिवारका लागि जिल्लाले सोच्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ ।

इँटाभट्टा धनी ललितपुर बुङ्मती घर भएका राजु तुलाधरलाई फोन सम्पर्क गर्दा मुगुबाट नभएर दाङबाट आफूले ५० जना उमेर पुगेका मजदुर ल्याउन रु पाँच लाख दिएपनि मुगुबाट बालबालिका, महिलासमेतलाई ल्याउन र बालबालिकालाई निःशुल्क पढाइ दिनेबारे आफूले नभनेको बताएकाले हुलका हुल परिवारै लान खोजेकाले झन् रहस्यमय बन्दा अनुसन्धान थाल्नुपरेको पनि प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।

नाइके मगरले मुगुबाट काठमाडौँसम्म प्रतिबस रु एक लाख ५० हजारमा तीनवटा बस रिजर्भ गरी लैजाँदै गरेका थिए । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:०९ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...