back

राष्ट्रिय मुद्दामा एकैठाउँमा उभिन दलहरूलाई सभामुखको आग्रह

वि.सं.२०७३ मंसिर १२ आइतवार

288 

shares
NTC AD
Global IME AD

onsari-magar

१२ मंसिर, काठमाडौँ । सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताउनुभएको छ ।

रुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय चलिरहेको छ, दलहरूले जसरी मिलेर संविधान जारी गरे, त्यसरी नै अब आउने राष्ट्रिय मुद्दामा पनि एकै ठाउँमा उभिनुपर्छ ।”

अवश्य पनि दलहरूका बीचमा छलफल र बहस हुन्छ, भिन्नभिन्न विचारको बीचमा प्रतिस्पर्धा हुन दिनुपर्छ, तर निष्कर्ष आउने बेलामा दलहरू एक ठाउँमा उभिनुपर्छ – सभामुख घर्तीले भन्नुभयो ।

संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउने सन्दर्भमा सबै राजनीतिक दलबीचमा सहमतिभन्दा अर्काे विकल्प छैन, हुनुहुँदैन पनि – उहाँले भन्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा चलिरहेको महाभियोग प्रस्तावसम्बन्धी छलफल अब छिट्टै सकिने र त्यसको लगत्तै समितिमा पठाइने सभामुख घर्तीले बताउनुभयो ।

नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भियन्कोको मैत्रीपूर्ण निमन्त्रणामा सभामुख घर्तीको नेतृत्वमा व्यवस्थापिका–संसद्को एक प्रतिनिधिमण्डल यही मङ्सिर ४ गते त्यसतर्फ गएको थियो ।

सभामुख घर्तीले रुसमा रहँदा त्यहाँको माथिल्लो सदनका अध्यक्ष र तल्लो सदनका उपसभामुखसँग औपचारिक रुपमा भेटवार्ता गर्नुभएको थियो ।

भेटका अवसरमा दुई देशबीच रहँदै आएको राजनीतिक र आर्थिक सम्बन्धका विषयमा विचारविमर्श हुनुका साथै आगामी दिनमा आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्दै लैजाने विषयमा छलफल भएको सभामुख घर्तीले बताउनुभयो ।

सो अवसरमा सभामुख घर्तीले देशको समृद्धिका लागि नेपालको संविधान कार्यान्वयनको स्थितिमा रहेको हुँदा विदेशी लगानीका लागि राम्रो वातावरण बन्दै गएको बारे आफ्ना समकक्षीलाई जानकारी गराउनुभएको थियो ।

नेपाल र रुसबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्न दुवै मुलुकबाट उच्चस्तरको भ्रमणको आदानप्रदानको आवश्यकतामा जोड दिँदै रुसी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र रुसले समान धारणा राख्दै आएको हुँदा यसले पनि सम्बन्ध विस्तारमा योगदान पुग्दै आएको बताएका थिए ।

सभामुखका साथ केही सांसद र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई हुनुहुन्थ्यो ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...