back
CTIZAN AD

राष्ट्रिय मुद्दामा एकैठाउँमा उभिन दलहरूलाई सभामुखको आग्रह

वि.सं.२०७३ मंसिर १२ आइतवार

1K 

shares

onsari-magar

१२ मंसिर, काठमाडौँ । सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताउनुभएको छ ।

रुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधनको विषय चलिरहेको छ, दलहरूले जसरी मिलेर संविधान जारी गरे, त्यसरी नै अब आउने राष्ट्रिय मुद्दामा पनि एकै ठाउँमा उभिनुपर्छ ।”

अवश्य पनि दलहरूका बीचमा छलफल र बहस हुन्छ, भिन्नभिन्न विचारको बीचमा प्रतिस्पर्धा हुन दिनुपर्छ, तर निष्कर्ष आउने बेलामा दलहरू एक ठाउँमा उभिनुपर्छ – सभामुख घर्तीले भन्नुभयो ।

संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउने सन्दर्भमा सबै राजनीतिक दलबीचमा सहमतिभन्दा अर्काे विकल्प छैन, हुनुहुँदैन पनि – उहाँले भन्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा चलिरहेको महाभियोग प्रस्तावसम्बन्धी छलफल अब छिट्टै सकिने र त्यसको लगत्तै समितिमा पठाइने सभामुख घर्तीले बताउनुभयो ।

नेपाल र रुसी महासङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भियन्कोको मैत्रीपूर्ण निमन्त्रणामा सभामुख घर्तीको नेतृत्वमा व्यवस्थापिका–संसद्को एक प्रतिनिधिमण्डल यही मङ्सिर ४ गते त्यसतर्फ गएको थियो ।

सभामुख घर्तीले रुसमा रहँदा त्यहाँको माथिल्लो सदनका अध्यक्ष र तल्लो सदनका उपसभामुखसँग औपचारिक रुपमा भेटवार्ता गर्नुभएको थियो ।

भेटका अवसरमा दुई देशबीच रहँदै आएको राजनीतिक र आर्थिक सम्बन्धका विषयमा विचारविमर्श हुनुका साथै आगामी दिनमा आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्दै लैजाने विषयमा छलफल भएको सभामुख घर्तीले बताउनुभयो ।

सो अवसरमा सभामुख घर्तीले देशको समृद्धिका लागि नेपालको संविधान कार्यान्वयनको स्थितिमा रहेको हुँदा विदेशी लगानीका लागि राम्रो वातावरण बन्दै गएको बारे आफ्ना समकक्षीलाई जानकारी गराउनुभएको थियो ।

नेपाल र रुसबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्न दुवै मुलुकबाट उच्चस्तरको भ्रमणको आदानप्रदानको आवश्यकतामा जोड दिँदै रुसी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र रुसले समान धारणा राख्दै आएको हुँदा यसले पनि सम्बन्ध विस्तारमा योगदान पुग्दै आएको बताएका थिए ।

सभामुखका साथ केही सांसद र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई हुनुहुन्थ्यो ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:१४ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...