back

रेल दुर्घटनापछि तीन रेल्वे अधिकारी पक्राउ

वि.सं.२०७३ मंसिर १२ आइतवार

609 

shares
IME Limited
NTC AD

१२ मंसिर, तेहरान (इरान) । इरानमा शनिबार रेल्वेका तीन अधिकारीहरू पक्राउ परेका छन् ।

शुक्रबार इरानको सिमनान प्रान्तमा दुई वटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएपछि ती तीन रेल्वे अधिकारीहरूलाई पक्राउ गरिएको इर्ना समाचार समितिका अधिकारीहरूले जनाकारी दिएका छन् ।

उत्तरी प्रान्त सिमनानमा यस दुर्घटनामा परी ४४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनाँै घाइते भएका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शनिबार भएको यस पीडादायक घटनाप्रति समवेदना प्रकट गर्नुभएको छ । यो घटना इराकमा भएको आतङ्ककारी आक्रमणमा ६० भन्दा बढी इरानीको मृत्युको एक दिनपछाडि नै भएको छ ।

शुक्रबार बिहानै भएको यस घटनामा सुरुमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा बताउनुभएको थियो ।

घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या बढ्न समेत प्रहरीको अनुमान रहेको छ । एएफपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:२० मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...