back
CTIZAN AD

रेल दुर्घटनापछि तीन रेल्वे अधिकारी पक्राउ

वि.सं.२०७३ मंसिर १२ आइतवार

867 

shares

१२ मंसिर, तेहरान (इरान) । इरानमा शनिबार रेल्वेका तीन अधिकारीहरू पक्राउ परेका छन् ।

शुक्रबार इरानको सिमनान प्रान्तमा दुई वटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएपछि ती तीन रेल्वे अधिकारीहरूलाई पक्राउ गरिएको इर्ना समाचार समितिका अधिकारीहरूले जनाकारी दिएका छन् ।

उत्तरी प्रान्त सिमनानमा यस दुर्घटनामा परी ४४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनाँै घाइते भएका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शनिबार भएको यस पीडादायक घटनाप्रति समवेदना प्रकट गर्नुभएको छ । यो घटना इराकमा भएको आतङ्ककारी आक्रमणमा ६० भन्दा बढी इरानीको मृत्युको एक दिनपछाडि नै भएको छ ।

शुक्रबार बिहानै भएको यस घटनामा सुरुमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा बताउनुभएको थियो ।

घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या बढ्न समेत प्रहरीको अनुमान रहेको छ । एएफपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:२० मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...