back
CTIZAN AD

कारखाना आगलागीमा आठको मृत्यु

वि.सं.२०७३ मंसिर १२ आइतवार

816 

shares

१२ मंसिर, नयाँ दिल्ली । उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ ।

शुक्रबार अबेर राति कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको लागलागीमा त्यहाँ रहेका कामदारहरू फसेका थिए । हर्याणा राज्यको पनीपाट जिल्लामा भएको सो घटनाका कारखानामा कार्यरत दर्जनाँै कामदार भाग्न सफल भएका प्रहरीले जानकारी दिएको छ ।

अग्नि नियन्त्रकहरूको पाँच घन्टाको प्रयासपछि सो आगलागी नियन्त्रणको लिइएको थियो ।

यस घटनामा परी सात व्यक्तिको मृत्यु भएको थियो । घाइतेमध्ये एक व्यक्तिको शनिबार मृत्यु भएपछि यो सङ्ख्या आठ पुगेका स्थानीय प्रहरी अधिकारी दीपक कुमारले एएफपी समाचार समितिलाई बताउनुभएको छ । यस घटनामा दुई महिला कामदारको पनि मृत्यु भएको छ ।

गत नोम्भेम्बर ११ मा नयाँ दिल्लीमा गैरकानुनी रुपमा रहेको एक गार्मेन्टको विद्युतीय लाइनमा आएको खराबीका कारण लागेको लागलागीमा परी १३ व्यक्तिको मृत्यु भएको थियो । एएफपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:२२ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...