back
CTIZAN AD

क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेताको निधन

वि.सं.२०७३ मंसिर १२ आइतवार

1K 

shares

fidel-castro

१२ मंसिर, हवाना । नब्बे वर्षको उमेर पार गर्नुभएका क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोकोे शुक्रबार निधन भएको छ ।

स्वर्गीय क्यास्ट्रोका पिता स्पेनबाट बसाइँ सर्दै आएर पूर्वी क्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रवासी हुनुहुन्थ्यो र सुरुसुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाउनु भएपछि आफैँले ठूलो लगानीमा उखुको खेती गर्ने र चिनी उत्पादन गर्ने कारखाना खोली उत्पादित चिनी अमेरिका निर्यात गर्ने उद्योग व्यवसाय चलाउनु भएको थियो ।

सन् १९२६ को अगस्ट १३ का दिन जन्मनुभएका स्वर्गीय क्यास्ट्रोको पूरा नाम फिडेल क्यास्ट्रो रुज हो । क्रिश्चियन धर्म अध्यापन गरिने विद्यालय–जेसुइट स्कुलबाट प्रारम्भिक शिक्षा आर्जन सुरु गर्नुभएका स्वर्गीय क्यास्ट्रो हवाना विश्वविद्यालयबाट कानुन र समाज विज्ञान विषयमा स्नातकोत्तर उपाधिले विभूषित हुनुहुन्थ्यो ।

उहाँले करिब आधा शताब्दीसम्म अविच्छिन्न शासनको बागडोर सम्हाल्नु भएको र क्युबामा तत्कालिन सोभियत सङ्घ शैलीको समाजवादी अर्को शब्दमा भनौँ भने साम्यवादी शासन प्रणाली लागू गर्नुभएको र आफ्नो शासनकालभरी दश वटा अमेरिकी राष्ट्रपतिसँग कडा टक्कर लिँदै उनीहरूको जमेर निन्दा समेत गर्नुभएको थियो ।

उहाँका भाई, वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले सरकारी टेलिभिजन प्रसारणमा थर्थराएको स्वरमा सम्बोधन गर्दै शुक्रबार राति १०ः३० मा उहाँको निधन भएको पुष्टि गर्नुभएको थियो ।

सम्बोधनको अन्त्यमा राष्ट्रपति राउलले स्वर्गीय जेठो दाजुलाई स्मरण गर्दै भाव विह्वल भएर विगतको क्युबाली क्रान्तिका समयमा समूहमा गाइने गरेको बहुचर्चित “टुवार्ड भिक्टोरी अल्वेज” शीर्षकको क्रान्तिगान ठूलो स्वरमा कराउँदै गाउनुभएको थियो ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यबाट दक्षिणतर्फ एकसय ४५ किलोमिटर मात्र टाढा रहेको द्विपीय राष्ट्र क्युबाले स्वर्गीय राष्ट्रपति क्यास्ट्रोको शासनकालका विभिन्न समयमा धेरै पटक जन विद्रोह बेहोर्नु परेको इतिहासले बताउँछ ।

यीमध्ये, अमेरिका समर्थित सन् १९६१ को ‘बे अफ पिग्स इन्भेजन’ र त्यसको एक वर्ष पछि घटेको क्युबाली क्षेप्यास्त्र सङ्कट ‘क्युबान मिसाइल क्राइसिस’ ले सम्पूर्ण विश्वलाई नै आणविक युद्धको भुमरीभित्र धकेल्न खोजेका थिए ।

जहिले पनि लामा लामा दाह्री पाल्न सौखिन यी क्रान्तिकारी नेताले धेरै वर्षसम्म अतिशय कडा अमेरिकाली व्यापार तथा वाणिज्य माथिको प्रतिबन्धको सामना गर्नुपरेको थियो ।

साथै, उहाँको ज्यानै लिने उद्देश्यले आफ्नै देशभित्र र बाहिरबाट रचिएका दर्जनौँ, अझ भन्नुपर्दा सयौँ षड्यन्त्रबाट समेत बच्दै आउनुभएको थियो ।

जीवनको उत्तराद्र्धमा कडा रोगले ग्रस्त पारेर शिथिल र अशक्त हुनुभएपछि उहाँले आफ्ना भाई राउल क्यास्ट्रोलाई आजभन्दा १० वर्षअघि देशको शासन सत्ता र शक्ति सुम्पिनुभएको थियो ।

जहिले पनि सिगार तान्न सोखिन स्वर्गीय राष्ट्रपतिको समर्थन र विरोधमा हालसम्म विश्वभर लेखिएका हजारौैँ कथा, कहानी, लेख, रचना, समालोचना इत्यादि प्रकाशनमा आइसकेका छन् ।

उहाँलाई एक अत्यन्त कडा परिश्रमीक, एक निडर योद्धा, एक प्रखर राजनीतिक चिन्तक, एक कुशल तर कडा शासक, एक सैनिक तानाशाह, वाक्–सिद्धि भएको एक भविष्यवक्ता, अमेरिकाको एक कट्टर विरोधी इत्यादिका रुपमा चित्रण गरिएको छ ।

उहाँ एक शक्तिशाली सेनापति मात्र नभई अदम्य साहसयुक्त, अनौठो वाक्पटुताले सम्पन्न र प्रभावशाली नेतृत्व दिनसक्ने राजनेता हुनु भएकाले विश्वभरि नै परिचित हुनुहुन्छ ।

“समाजवाद र मृत्युमध्ये एउटा रोज” भन्ने चिन्तन र नाराका साथ अघि बढ्नुभएका स्वर्गीय क्यास्ट्रोले समाजवादी शासन प्रणाली लागू गरे तापनि आफ्नो जीवनपर्यन्त क्युबामा सोहीअनुरुप आर्थिक परिवर्तन र समृद्धि भने ल्याउन सक्नुभएन ।

पश्चिमा शैलीको प्रजातन्त्रको लहरले समग्र विश्वलाई बिस्तारै ढाक्दै ल्याएपछि चीन र भियतनामजस्ता कट्टर बामपन्थी मुलुकहरू समेत अहिले यही लहरबाट प्रभावित भएर माक्र्सबाद लेनिनबादका मूल सिद्धान्तबाट ओझेलमा पर्दैछन् ।

त्यसैगरी, एक करोड दश लाख जनसङ्ख्या भएको देश क्युबा पनि पश्चिमा शैलीको प्रजातन्त्रको प्रभावबाट अछुतो छैन ।

क्यास्ट्रोको निधनपश्चात् केही वर्षमै ‘क्युबामा त्यसबेलाको राष्ट्रपति फिडेल क्यास्ट्रोले लागू गरेका माक्र्सबादी अर्थतन्त्र धेरै वर्षसम्म धर्मराउँदै बाँचिरहेको थियो रे’ भनी आगामी पिँढीले उत्सुकतापूर्वक पढ्ने इतिहास बन्नेछ भन्ने एकथरी क्युबाली राजनीतिक चिन्तकहरूको विश्लेषण रहेको छ । रासस÷एपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:२७ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...