back
CTIZAN AD

कतारमा ३ महिनादेखि अलपत्र परेका १० नेपाली स्वदेश फिर्ता

वि.सं.२०७३ मंसिर ११ शनिवार

858 

shares

कुमार अविरलपन्थी, कतार ।  कतारमा करिव ३ महिना देखि अलपत्र परेका दश नेपाली स्वदेश फर्किएका छन ।दुइ जना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा दसै जना पीडित नेपाल फर्किन पाएका हुन ।

मोरङका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताज पुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता,
बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा, बिर बहादुर बि.क. बिगत ३ महिना देखि कम्पनि मालिक फरार भएपछि अलपत्र पर्दै आएका थिए ।

ति मध्यका दुइ जना तिलक भुजेल र अम्बर थेगिंग गत सोमबार नै नेपाल फर्किएका थिए । बाकि ८ जनालाई कानुनी प्रकृया पुरा गरी उनीहरुले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था मिलाएर गत शुक्रबार स्वदेश पठाईएको झबिन्द्र आचार्यले बताए । पिडितलाई न त अल वाजिर कम्पनीले नै टिकट दियो नत मेनपावरले नै आचार्य आफुले
नै दसै जनाको टिकटको ब्यबस्था मिलाएर स्वदेश पठाएका थिए ।नेपालबाट कतार आउदा मेनपावर कम्पनि र एजेन्टले लिएको सबै पैसा फिर्ता  हुने व्यवस्था मिलाएर पीडितहरु नेपाल फर्किएपछी उनीहरुले पाउन
पर्ने  क्षतिपूर्ति मेनपावर कम्पनिले दिएको पिडितहरुले जानकारी दिएका छन् ।अल वाजिर कम्पनीका मालिकले दस जनालाई केहि दिन भित्र कम्पनिबाट पाउन पर्ने रकम र घर फिर्तीका लागि टिकट उपलब्ध गराउने बताए पनि उनलाई फोन सम्पर्क गर्न खोज्दा विभिन्न बाहाना बनाएर पुनः सम्पर्क बिहिन बने । काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्नेले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर रहेका छन ।अलपत्र परेका पिडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज
कतारले खाद्यान्न सहयोग गरेको थियो । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएका थिए । नेपाल फर्किन पाएर निकै खुसि बनेका पिडितहरु भन्छन – गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, र झविन्द्र आचार्य हाम्रो लागि भगवान समान हुनुहन्छ । जसले हामीलाई यो परदेशको ठाउमा कष्टकर जीवनबाट उद्धार गर्नुभयो । उहाको यो गुण कहिले भुल्ने छनौ भन्दै बिशेष धन्यवाद प्रकट गरे । साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताए ।

वि.सं.२०७३ मंसिर ११ शनिवार ०८:४५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...