back
CTIZAN AD

मिस ईकलेज २०१६ पहिलो अडिसन सम्पन्न,

वि.सं.२०७३ मंसिर ११ शनिवार

1.3K 

shares

miss-ecollege-7-audition-3

काठमाण्डौं ।   विगत ७ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लि.ले मिस ईकलेज २०१६ को सातौैं संस्करणको लागि पहिलो छनौट प्रक्रिया सम्पन्न भएको छ । उक्त छनौट प्रक्रियावाट १५ जना छनौट गरिएको छ भने द्रोस्रो छनौट प्रक्रिया यहि मंसिर १८ गते सनिवार छनौट गरिने छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१६’ को आयोजना गरिएकोे सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताउनु भयो । उक्त छनौट कार्यक्रममा निर्णायक मण्डलको रुपमा जेभिएर इन्टरनेशनल कलेजका भाइस प्रिन्सीपल दिपेन दाहाल, मिस इकलेज २०१५ की विजेता नितिका कर्मचार्य र मिस टिन कलेज २०१५ की विजेता तथा मोडल कुसुम थापा रहनु भएको थियो ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उहा वताउनु हुन्छ । कार्यक्रममा विभिन्न  तालिमहरु  जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने ,रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न संघसस्थाको भ्रमण अन्र्तगत माइति नेपाल,नारकोनन नेपाल , अपाङ वालसेवा केन्द्र ,वृद्धा आश्रम लगायत ठाउको अवलोकन गराइने छ भने आन्तरिक प्रतिभा प्रर्दशन,फुटसल प्रतियोगीता साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुनेमा हामि विश्वस्थ छौ । विगत ७ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौ चरणको कार्यक्रम हो ।
विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई  सहभागी गराइने छ
। ‘ध्यmभल उभचकयलबष्तिथ भमगअबतष्यल बलम दभबगतथ ’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ । उक्त कार्यक्रमको लागि सहभागीताको लागि मंसिर तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा पौषको तेस्रो साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६’ कोे ताज उपाधि सहित रु एकलाख ७५ हजार पर्ने स्कुटर
र उच्च शिक्षामो छात्रावृत्ति पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति आदि प्राप्त गर्ने छन्  । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

वि.सं.२०७३ मंसिर ११ शनिवार ०८:४० मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...