back
CTIZAN AD

सि.वि.आई.एल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

वि.सं.२०७६ भदौ ३० सोमवार

807 

shares

३० भदौ, काठमाडौँ । सि.वि.आई.एल क्यापिटल को अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् ।

सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई कार्यभार समालिरहेका अध्यक्ष समिर प्रसाद दाहालले पदबाट राजिनामा दिएपछि संस्थाको अध्यक्ष पदपुर्ति गर्न आइतबार बसेको सञ्चालक समितिको बैठकले यस संस्थाको अध्यक्षमा काफ्लेलाई नियुक्त गरेको हो ।

सि.वि.आई. एलले नेपाल धितोपत्रबोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानीव्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को कामगर्दै आइरहेको बताइएको छ ।

साथै डि–म्याट खाताखोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानीकोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.वि.आई.एल. क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचयकोष, नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगीव्यापारीहरुको सह–लगानी रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार ११:०१ मा प्रकाशित

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...