पार्टी एक जिल्लेनै भएपनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे नेपाली राजनीतिक ‘हेवीवेट’ नेता मानिन्छन् । हेवीवेट नेता विजुक्छे ४५ वर्ष देखी पार्टीको अध्यक्ष रहेका छन् ।
विजुक्छेलाई कसै कसैले भक्तपुरे राजा पनि भन्छन् । विजुक्छेको पार्टी नेमकिपाले यहि असोज ३,४ र ५ गते भक्तपुरमा सातौँ महाधिवेसनको आयोजना गरेको छ ।
विजुक्छेलाई चिन्नेहरुको चासो अहिले उनले ४५ वर्ष देखीको नेतृत्व छोड्लान कि नछोड्लान भन्नेमा अडिएको छ । वि.सं. २०३१ देखी पार्टी सुप्रिमो रहेका विजुक्छेले यसपटक भने अध्यक्ष पद त्याग्ने मनस्थीति बनाएको पार्टीका उच्च श्रोतहरुले बताएका छन् ।
पछिल्लो संसदिय निर्वाचनमा आफू पछिको दोश्रो वरीयताका नेता प्रेम सुवाललाई आफ्नो निर्वाचन क्षेत्र छोडीदिएका विजुक्छेले सातौँ महाधिवेसनबाट पार्टी पनि सुवाललाई जिम्मा लगाउने तयारी गरेको श्रोतको दावी छ ।
वि.सं. १९९६ सालमा भक्तपुरमा जन्मीएका विजुक्छे आगामी फागुन २६ पछि ८० वर्ष पुग्दैछन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महसचिव पुष्पलाल सँग निकट सम्बन्धमा रहेका विजुक्छे सादगी नेता हुन् ।
हाल सुवाल मात्रै संसदिय मोर्चामा रहेका छन् । यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती पार्टीका अर्का जननिर्वाचीत नेता हुन् ।
पार्टीमा विजुक्छे पछि सुवाल, प्रजापती, डिल्ली काफ्ले र डा.लिला न्याइच्याई लगायतका नेता रहेका छन् । सातौँ महाधिवेसनबाट भने विजुक्छेले आफ्नो स्थान सुवाललाई सुम्पीने योजना बनाएको बताइएको छ ।
वि.सं.२०७६ भदौ ३० सोमवार १३:१४ मा प्रकाशित






























