३० भदौ, काठमाण्डौं । बेल्ट एण्ड रोड इन्सिियटिभ बारे आयोजना गरिएको अन्तरक्रियात्मक विचार गोष्ठिमा BRI बारे बृहद मंथन गरिनुका साथै नेपालको आवस्यकतालाई मध्यनजर गर्दै ऋण लिएर पनि रेल ल्याउनु पर्ने आवाज उठेको छ ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को एक प्रमुख जनबर्गिय संगठन नेपाल वुद्धिजीवी संगठनद्धारा आइतबार आयोजित विचार गोष्ठिको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै शक्ति राष्ट्रसँगको समर्पण वा सैन्य गठबन्धनको संलग्नता नभएकाले विआरआईलाई असाध्यै सकारात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । स्वतन्त्र ढंगले परियोजना चलाउन पाइने बिआरआईलाई अन्यथा जोड्न नमिल्नेमा पनि प्रचण्डको जोड थियो ।
यसैगरी समापन समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै सो पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपालले चीन जागेको स्मरण गराउँदै विआरआइ, लुक इष्ट र इन्डोप्यासेफिक रणनीतिलाई सहि ढंगले विश्लेषण गर्न जरुरी भएकोमा जोड दिएका थिए । सपना नदेख्नेले केहि गर्नै नसक्ने र सपना मात्र देख्नेले पनि केही गर्न नसक्ने कुरामा ध्यानाकर्षण गराउँदै उनले चीनको दृष्टिकोणको फराकिलो उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिआरआइलाई अवसरका रुपमा लिन लागिएको र यसको सकारात्मक परिणाम निकै छिटो प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

अर्का अतिथिवक्ता पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विपी, जिपी (गिरीजा प्रसाद) र शुसीलको स्मरण सहित उनीहरुले पुर्याएको योगदानको रेर्कड हुनुपर्ने ध्यानाकर्षण गराउँदै बिआरआइमा सबैको सहमति रहेकोले यस्तो छलफल प्रदेश–प्रदेश पुर्याउनुपर्ने धारणा राखेकी थिइन् ।
नेकपाको स्थायी समिति सदस्य तथा बुद्धिजीवी फ्याक्सन इन्चार्ज अग्नि प्रसाद सापकोटाले धर्तिका दुई तिहाइ जनतालाई जोडिसकेको बिआरआइलाई सहि ढंगले उपयोग गर्न शक्तिसाली संयन्त्रको जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रमका टिप्पणीकार तथा बुद्धिजीवी फ्याक्सनका सहइन्चार्ज टंक कार्कीले पुँजीवाद संकटमा पुगेको बेला चीनले उदाहरण सहित नयाँ नेतृत्व दिएको स्मरण गराउँदै मानविय र सांस्कृतिक हिसावले पनि बिआरआइको निष्ठा र अब्व्लतामा खोट नरहेको प्रष्ट्याएका थिए ।
उद्घाटन समारोहमा अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले राजनैतिक तहबाट वातावरण बनाउने हो भने विआरआइबाट नेपालले प्रचुर फाइदा लिन सक्ने निष्कर्ष निजी क्षेत्रको रहेको बताएका थिए ।

त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्रा. डा खड्ग केसी, वरिष्ठ चिकित्सक डा. सरोज धिताल र अर्थ विश्लेषक हरि रोकाद्धारा कार्यपत्र पेश गरिएको सो विचार गोष्ठिमा पूर्वमन्त्री डा. भेष बहादुर थापा, टंक कार्की, डा. महेश मास्के, डा. सृजना भण्डारी, प्रा.डा शिव कुमार राई र प्रा.डा मदन कोइराला लगायतले टिप्पणी गरेका थिए ।
उद्घाटन, कार्यपत्र र समापन गरी तीन चरणमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष तथा संगठनका संयोजक डा. दिनेश चन्द्र देवकोटाले स्मार्ट वर्क, टिम वर्क र नेटवर्कको माध्यमबाट संगठनले सो विषयमा श्रृंखलाबद्ध अभियान बढाउने तथा राष्ट्रिय मुद्दाहरुमा बहश चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिल्क रोड हुँदै ओवोर र विआरआईको पृष्ठभूमि दिँदै कार्यक्रम संचालन गरेका संगठनका सहसंयोजक कृष्ण केसीले संगठनको एकता प्रक्रियासँगै बहशलै गति लिने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा डा. रुद्र शर्मा, किरण चपागाईँ, लक्ष्मण बहादुर बस्नेत, इन्दिरा चौलागाईँ, डा. अमन श्रेष्ठ, देविका तिम्सिना, भरत शर्मा, मातृका पौडेल, डा. हरि अधिकारी, डा. किरण जोशी, डा. विष्णु हरी पंडित, डा. सावित्री श्रेष्ठ र ज्ञान बहादुर अधिकारीले मौखिक तथा रामबाबु अधिकारीले लिखित रुपमा आ–आफ्ना विषयगत क्षेत्रका धारणा राख्दै ऋण लिएर रेल ल्याउँदा पनि मुलुकले काँचुली र्फेने लगायतका धारणा राखैका थिए ।
छलफलमा उठैका जिज्ञासाको जवाफ कार्यपत्र प्रस्तोताले दिएका थिए भने संयोजक डा. दिनेशचन्द्र देवकोटाले सुझावहरु समेटिने विस्वास दिलाएका थिए । तीनै चरणको कार्यक्रमबारै संक्षिप्त विवरण , निचोड र प्रकाशनको प्रतिबद्धता सहित डा. विधान आचार्यले सार संक्षेपीकरण गरेका थिए ।
बिआरआई बारे नेपालमा यो पहिलो र प्रभावी विचार मंथन भएको विश्लेषकहरुले बताएका छन् ।
वि.सं.२०७६ भदौ ३० सोमवार १३:०२ मा प्रकाशित






























