back
CTIZAN AD

सवारी दुर्घटनामा एकको मृत्यु

वि.सं.२०७६ भदौ ३१ मंगलवार

747 

shares

३१ भाद्र, काठमाडौँ । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । म्याजिक पल्टिँदा त्यसमा सवार चार घाइते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । (रासस)

वि.सं.२०७६ भदौ ३१ मंगलवार १४:१७ मा प्रकाशित

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...