३१ भदौ, काठमाण्डौं । मंगलबार विहानै देखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण तथा उडान बन्द भएको छ ।
विहानदेखि परेको वर्षाका कारण भिजिविलिटीको कमीले गर्दा अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरु बन्द भएको विमानस्थलका प्रवक्ता प्रताप वावु तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार आन्तरिक उडानतर्फका ४ वटा अन्यत्रै र अन्तराष्ट्रिय उडानको फ्लाइ दुवईलाई लखनउ डाइभर्ट गरिएको हो । उनले अधिकांश आन्तरिक उडान रद्ध तथा डिले भएको संसारन्युजलाई जानकारी दिएका छन् ।
मौसमको खराबीका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तराष्ट्रिय र ३ सय भन्दा बढी जहाज त्रिभुवन विमानस्थलमा आउने जाने गर्दछन् ।
त्यस्तै मंगलबार बिहानै सोलुखुम्बुबाट काठमाण्डौंका लागि उडेका हेलिकप्टर पनि प्रभावित भएका थिए । पर्यटक बोकेका ती हेलिकप्टर सिन्धुलीको नेपाल थोकमा ३ वटा, काभ्रेमा ४ वटा आकस्मिकअवतरण गरिएको थियो ।
वि.सं.२०७६ भदौ ३१ मंगलवार १४:४३ मा प्रकाशित




























