back
CTIZAN AD

एनआरएनए आईसीसीले एनसीसीसँग माग्यो नामावली

वि.सं.२०७६ भदौ ३१ मंगलवार

903 

shares

३१ भाद्र, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)ले आफ्ना राष्ट्रिय समन्वय समितिहरुलाई प्रतिनिधिको नामावली पठाउनु अनुरोध गरेको छ । एनआरएनए आईसीसीका महासचिव डा बद्री केसीले सेप्टेम्बर १५ मा बसेको परिषद्को ६७ औँ बैठकले गरेको निर्णय अनुसारसबै समितिहरुलाई अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान अधिकारसमेतको प्रतिनिधिको नामावली पठाउन आग्रह गर्दै सूचना जारी गरेका हुन् ।

सूचनामा राष्ट्रिय समन्वय समितिहरुले आउँदो अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान अधिकारसमेतको प्रतिनिधिको नामावली एनआइएस प्रणालीमा समावेश गर्न मिल्ने गरी यहि सेप्टेम्बर ३० सम्म पठाइसक्नु पर्ने जनाइएको छ । यसरी नामावली पठाउँदा राष्ट्रिय समन्वय समितिले पाउने संख्याको २० प्रतिशत बढी बैकिल्पक प्रतिनिधि पठाउन भनिएको छ ।

समितिहरुले राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियमावलीमा भएको व्यवस्था अनुसार प्रतिनिधि चयन गरी सूचनामा उल्लेख नमुना अनुसार नामावली पठाउन भनिएको छ । प्रतिनिधि छनौटमा कोही छुटेको खण्डमा छुट्ने प्रतिनिधिले क्षेत्रीय संयोजक मार्फत आईसीसीमा आफ्नो प्राथमिकताको उल्लेख सहित पठाउनु पर्ने र त्यसबारे आईसीसीले गरेको निर्णय नै अन्तिम मानिने बताइएको छ ।

 

वि.सं.२०७६ भदौ ३१ मंगलवार १८:५६ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...