back
CTIZAN AD

चन्दननाथ मन्दिरबाट दत्तात्रेयसहित १४ मूर्ति चोरी

वि.सं.२०७३ मंसिर १२ आइतवार

942 

shares

१२ मङ्सिर,जुम्ला । नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ ।

चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति गएराति चोरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । १४ वटा मूर्तिमात्र नभई अन्य बहुमूल्य वस्तु पनि त्यहाँबाट चोरिएको हुन सक्ने प्रजिअ पण्डितले बताउनुभयो । त्यसका लागि अहिले अनुसन्धान कार्य जारी राखिएको उहाँको भनाइ छ ।

चोरी भएको दत्तात्रेयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको कर्णालीका धार्मिक तथा संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनु भयो ।

मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर दत्तात्रेय भगवान्को मूर्ति राखिएको र यो १२ धार्नी भएको आचार्यले जानकारी दिनु भयो । त्यसका साथै सुन र चाँदीले बनेको १८ हात भएको भगवतीको मूर्ति, तामा र पित्तलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रित धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवी देवताका मूर्ति चोरी भएको उहाँको भनाइ छ ।

जिप्रका, जुम्लाका प्रहरी निरीक्षक दिलबहादुर थापाले चोरीको घटना कसरी भएको भन्ने कुरा अध्यययन अनुसन्धान हुनाका साथै सो स्थलमा प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०४:४१ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...