१ असोज, काठमाडौँ । ‘भूमिसम्बन्धी ( आठौँ संशोधन) विधेयक’ राष्ट्रिय सभाबाट पारित भएको छ ।
गत ३ भदौमा प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई सामान्य संशोधनसहित राष्ट्रिय सभाले मंगलबार पारित गरेको हो । प्रमुख प्रतिपक्ष दल कांग्रेसको विरोधका बाबजुद बहुमतले विधेयक पारित गरेको हो । कांग्रेसले विधेयकमा उल्लेखित हदबन्दीभन्दा माथिको जग्गा बेचबिखन, गौचरनको जग्गाको प्रयोगजस्ता व्यवस्थालाई लिएर विरोध जनाउँदै आएको थियो ।
कांग्रेस सांसद राधेश्याम अधिकारीले हदबन्दीको सम्बन्धमा आफूहरुले विरोध गरेपनि सरकार टसमस नभएको भन्दैअसन्तुष्टि राखेका थिए । विधेयकले नीतिगत भ्रष्टाचारलाई नै प्रश्रय दिएको उनले आरोप लगाए । बुधबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ असोज १ बुधवार ०८:२४ मा प्रकाशित



























