back

क्यास्ट्रोको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीद्धारा दुःख

वि.सं.२०७३ मंसिर १२ आइतवार

423 

shares
GLOBAL IME AD
NTC AD

१२ मङ्सिर,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका महासचिव शरणविक्रम मल्लले आज जारी गरेको विज्ञप्तिमा स्वाधीनता, शान्ति, समानता र समुन्नतिका निमित्त उपनिवेशवाद विरोधी आन्दोलनका एक क्रान्तिकारी मित्रलाई गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
चार दशकभन्दा बढी समयसम्म क्युबामाथि नाकाबन्दी लगाउँदा पनि कहिल्यै नझुक्ने र कुनै प्रकारको मोलतोल नगर्ने स्वतन्त्रताका हिमायती नेता क्यास्ट्रोले आफ्नो देशलाई समाजवादको बाटामा अघि बढाउन भूमिका निर्वाह गरेको जनाइएकोे छ । क्युबाली श्रमजीवी जनताले क्यास्ट्रोले देखाएको बाटालाई अवलम्बन गरी शोषण, उत्पीडन र सबै प्रकारका बाह्य हस्तक्षेपविरुद्ध अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ । क्यास्ट्रोको ९० वर्षका उमेरमा शनिबार निधन भएको थियो । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०६:२५ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...