back
CTIZAN AD

ओ.एन.एफ. ओमानको सोहार क्षेत्रीय कमिटी गठन, अध्यक्षमा ढकाल

वि.सं.२०७३ मंसिर १२ आइतवार

768 

shares

fb_img_1480133750853पशुपति जि. सि. (ओमान, मस्कट) । नेपालभन्दा वाहिर विश्वभर छरिएर रहेका नेपालीलाई विचार र सिद्धान्तका आधारमा एउटै साझा संयन्त्रमा आवद्ध गर्ने उदेश्यले सोहारमा १३ सदस्यीय प्रवासी नेपाली मञ्च ओमान सोहार क्षेत्रीय कमिटीको गठन भएको छ ।
नेपाली नागरिकका विचमा सामाजिक सदाचार, सद्भाव र सहयोगको विकास गर्नुका साथै नेपाली सुसंस्कार र सुसंस्कृतीको संरक्षण, सम्बद्र्धन र विकासका लागि निरन्तर क्रियासिल रहदै आएको ञप्रवासी नेपाली मञ्च, को ओमान स्थित संगठन प्रवासी नेपाली मञ्च ओमानले आफ्नो संगठन बिस्तार गर्ने क्रममा सो कमिटी गठन भएको हो ।

शुक्रवार सोहार क्षेत्रमा काम गर्ने प्रवासी नेपालीहरुको एक भेला आयोजना गरि उक्त कमिटीको गठन गरिएको हो । प्रवासी नेपाली मञ्च ओमान राष्ट्रिय कमिटिका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा र महासचिब सोमकृष्ण श्रेष्ठको सञ्चालमा सम्पन्न उक्त भेलामा राष्ट्रिय कमिटि बाट बरिष्ठ उपाध्यक्ष लिलानाथ कोईराला, उपाध्यक्ष ,रामहरि गिरी, सदस्य एवं खेलकुद विभाग प्रमूख कमल गौतम र सदस्य भूपाल चौहानको उपस्थिति रहेको थियो ।
सोहारमा रहेका प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थितिमा सञ्चालन भएको भेलाले झलक प्रसाद ढकालको अध्यक्षता १३ सदस्यीय पूर्ण कमिटीको चयन गरेको छ ।
जसको उपाध्यक्षमा शालिकराम सिग्देल(काभ्रेपलाञ्चोक), सचिबमा याम बहादुर क्षेत्री (बाग्लुङ), सह सचिबमा गणेश कुमार वि. क.(दाङ), कोषाध्यक्षमा ओम प्रसाद राणा(रूपन्देही) र सदस्यहरुमा रामधन राई(खोटाङ), प्रदीप चौधरी (सप्तरी),उमेश कुमार ठाकुर (सिराहा), महेन्द्र राणा (गुल्मी), शंकर दास (महोतरी), मोहन तमाङ् (खोटाङ), पुस्कर श्रेष्ठ (दोलखा) र पूर्ण बहादुर तमाङ (काभ्रेपलान्चोक) चयन भएका छन्

वि.सं.२०७३ मंसिर १२ आइतवार ०६:१६ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...