back
CTIZAN AD

लागुऔषधसहित चार युवक पक्राउ

वि.सं.२०७६ असोज ३ शुक्रवार

813 

shares

३ असोज, सिराहा । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स ९प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित उदयपुरको रौतामाई गाउँपालिका–९ मुरकुच्ची निवासी ३१ वर्षीय राजु तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङका साथबाट लागुऔषध डाइजिल्याब १३ एम्पुल, नोफिलन १३ एम्पुल, फेनारगन १३ एम्पुल र नाइट्रोसन २४ ट्याबलेटलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट लागुऔषधसहित गोलबजार नगरपालिका–१ निवासी २५ वर्षीय मोहम्मद कलाम अन्सारीलाई पक्राउ गरेको हो । अन्सारीका साथबाट नाइट्रोभेट ४५ पिस, ५० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै लागुऔषध गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–३ कसाहा घर भई सिरहाकै कर्जन्हा नगरपालिका–३ खैराटोल बस्ने ३६ वर्षीय प्रमोद यादवलाई पक्राउ गरेको छ । आफ्नै घरमा लागुऔषध गाँजा लुकाइछिपाई बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले कागजमा पोका पारेको ११० ग्राम गाँजासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

त्यस्तै प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिकास्थित गाढाबाट लहान नगरपालिका–१ निवासी १९ वर्षीय रामअवतार साहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले फेनागन, नाइट्रोसन, डाइजोल्यापलगायत ९९ थान लागुऔषधसहित साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । (रासस)

वि.सं.२०७६ असोज ३ शुक्रवार ११:४३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...