४ असोेज , काठमाण्डौं । आज बिहान भएको सन्दिप लामिछाने आवद्ध टिम Barbados Tridents र St Lucia Zouks बिचको खेलमा Barbados Tridents ले जित निकाल्न सफल भएको छ ।
पहिले St Lucia Zouks ले टस जित्दै Barbados Tridents लाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गर्न आएको Barbados Tridents ले आफ्नो पहिलो विकेट ८२ रनमा गुमाउन पुग्यो । जोनसन चाल्र्स २८ रनमा आउट भएका थिए । जस्टिन ग्रीव्स आउट हुदा Barbados Tridents को स्कोर ९६ रन थियो । उनले ४५ बल खेल्दैँ ५७ रन बनाएर आउट भएका थिए ।
Barbados Tridents ले आफ्नो २० ओभरमा १७२ रन बनाउदैँ ६ विकेट गुमाएको थियो ।
त्यसपछि ब्याटिङ गर्न आएको St Lucia Zouks ले राम्रो सुरुवात गर्न सकेन । St Lucia Zouks ले आफ्नो ४ विकेट ४८ रनमै गुमाउन पुग्यो । सन्दिपले आफ्नो पहिलो ओभरमा ४ रन मात्र दिएका थिए । सन्दिपको दोश्रो ओभरको तेस्रो बलमा कोलिन डी ग्रान्डहोम रन आउट भएका थिए ।
सन्दिपले आफनो तेश्रो ओभरमा पनि मात्र २ रन दिए । सन्दिपले आफ्नो चौथो ओभरमा १ विकेट लिन सफल भएका थिए । सन्दिपले ३.५ ओभरमा २९ रन दिँदै १ विकेट लिए ।
Barbados Tridents ले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै गर्दा St Lucia Zouks १०१ रनमा अलआउट भएको थियो । Barbados Tridents ले ७१ रनले जित निकालेको छ ।
वि.सं.२०७६ असोज ४ शनिवार ०८:५६ मा प्रकाशित

























