back
CTIZAN AD

महानगरले चाल्यो डेंगुविरुद्धको यस्तो कदम, मन्त्री तथा सांसदसमेत परिचालन हुने

वि.सं.२०७६ असोज ४ शनिवार

843 

shares

४ असोज, पोखरा । गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालयले ‘घर परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेङ्गुमुक्त गण्डकी प्रदेश हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित वडास्तरमा कार्ययोजना निर्माण गरेर नियन्त्रणको अभियान शुरु गरेको हो ।

प्रत्येक वडामा नियन्त्रण कार्ययोजना निर्माण गरेर विभिन्न सङ्घसंस्था, विद्यालय, स्वास्थ्य संस्था तथा वित्तीय संस्थाहरुको समेत सहकार्यमा खोज र नष्टको अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सरकारका मन्त्री, प्रदेशसभाका सदस्य सहजकर्ता तथा सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्यका प्राविधिक कर्मचारीले वडाका राजनीतिक दल, सङ्घसंस्था, आमा समूह, क्लबलगायतको सहभागितामा आफ्नो वडामा डेङ्गु नियन्त्रण कार्ययोजना निर्माण गरेर सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताइन् ।

लामुखट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले वडास्तरमा सञ्चालन गरिने कार्यक्रममा हप्तामा दुई दिन सबै स्थानमा खोज र नष्ट गर्ने अभियान चलाउने, डेङ्गु नियन्त्रणका बारेमा सम्पूर्ण विद्यालयलाई जानकारी दिने, वडाभित्रका अनावश्यक टायरको व्यवस्थापन गर्ने र पानी जम्ने स्थानका खाल्डाखुल्डीहरु पुर्ने रहेको छ ।

त्यसैगरी कार्ययोजनामा लामखुट्टेका बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने, वर्कशप, ग्यारेज र फोहरमैला व्यवस्थापन गर्ने, टोल विकास संस्था र नागरिक समाजका व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने, घर कार्यालय, विद्यालय, होटल तथा सङ्घसंस्थाहरुमा स्वतस्फूर्त रुपमा आफैँ खोज्ने र नष्ट गर्ने गरी जनपरिचालन गर्ने, असुरक्षित कन्टेनरहरुको व्यवस्थापना गर्ने तथा सञ्चारमाध्यमबाट डेङ्गु रोग नियन्त्रणसम्बन्धी सन्देश प्रकाशन गर्नेलगायत छन् ।

पर्यटकीय शहर पोखरामा डेङ्गुको सङ्क्रमण बढ्दै गएर पर्यटनलगायत समग्र क्षेत्रलाई प्रभावित पार्ने खतरा देखिएको तथा सरकार एक्लैले भन्दा पनि समुदायको सहकार्यबाट नियन्त्रण सम्भव हुने भएकाले सरकारले कार्ययोजना निर्माण गरेर नियन्त्रणको उपायहरु शुरु गरेको मन्त्री पुनको भनाइ छ ।

वडास्तरमा सञ्चालन गरिने कार्यक्रमहरुको कार्यान्वयनको अनुगमनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी तथा उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल रहेको समिति गठन गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार जानकारीमा आएअनुसारको पछिल्लो तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा एक हजार ८५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । प्रदेशका प्रत्येक जिल्लाबाट हरेक दिन साँझ निर्देशनालयमा जानकारी गराउने व्यवस्था गरिएको बताउँदै निर्देशनालयका अधिकृत होग्रेथ भुर्तेलले जानकारीमा नआएको र सङ्क्रमित भएर घरमै उपचार गराइरहेकाहरुको सङ्ख्या योभन्दा बढी भएको हुन सक्ने बताए ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा एक हजार ८४४, स्याङ्जामा आठ र पर्वतमा एक जनामा डेङ्गु देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा–९ र ८ मा सबैभन्दा बढी प्रभावित बनेका छन् । वडा नं ९ मा ३२६ र ८ मा ३२५ जनामा सो रोग देखिएको बताइन्छ ।
डेङ्गुको सबैभन्दा बढी सङ्क्रमित रहेको वडा नं ८ मा सहजकर्ता रहनुभएका प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले सबै पक्षको बृहत् भेला तथा छलफलबाट नियन्त्रणका योजनाहरु कार्यान्वयन गरिने बताए । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यका प्राविधिक कर्मचारीको उपस्थितिमा पूर्वतयारी छलफलबाट राजनीतिक दल, सामाजिक सङ्घसंस्थालगायतको भेला गरेर एकीकृत रुपमा कार्ययोजना अघि बढाइने बताउँदै उनले भने, “डेङ्गु हाम्रो लागि अहिलेको विपत्ति हो । यसको नियन्त्रणका लागि सामूहिक र एकीकृत कार्ययोजना निर्माण गरेर अघि बढ्छौँ ।” रासस

वि.सं.२०७६ असोज ४ शनिवार १६:३१ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...