back
CTIZAN AD

आउनुहोस् जानौं पितृ श्राद किन गरिन्छ त ?

वि.सं.२०७६ असोज ५ आइतवार

3.2K 

shares

यतिबेला श्रोह्र श्राद चलिरहेको छ । आश्विन कृष्ण पक्षको प्रतिपदाबाट सुरु भएर आमवस्यसम्मको समयलाई सोह्रश्राद भनिन्छ । यस समयमा १६ वटा तिथि पर्छन् । यो समयलाई आफ्ना पितृहरुको सम्मान गर्ने दिनका रुपमा पनि मानिन्छ । भनिन्छ मानिहरुको मृत्युपछि श्राद गर्नु जरुरी मानिन्छ । धार्मिक मान्यता अनुसार कुनै पनि मानिसको मृत्युपछि विधिपूर्वक रुपमा श्राद तथा तर्पण नगरिएमा उनीहरुको मृत आत्मा पृथ्वीमै भड्किरहने बताइन्छ ।

हिन्दु धर्म अनुसार मानिसहरुले भगवानको पूजा अर्चना गरेर खुसी बनाउनु भन्दा पहिले आफ्ना पितृहरुलाई खुसी बनाउन जरुरी हुन्छ । धार्मिक मान्यता अनुसार यो समय यमराजले केही समय पितृहरुलाई छोडिदिन्छन् । ताकि उनीहरु आफ्नो परिवारबाट श्रादद्धारा दिइने पितृ सम्मान ग्रहण गर्न सकुन् ।

किन जरुरी छ त श्राद ?
भनिन्छ यदि पितृ रिसाए भने मानिसहरुलाई जीवनमा धेरै प्रकारका दुःख कष्टको सामना गर्नुपर्दछ । पितृ अशान्त हुँदा संचित धनको हानि, सन्तानको समस्यालगायतका धेरै समस्या आउँछन् । सन्तान नहुनेहरुले त झन पितृलाई खुसी पार्नका लागि श्राद गर्न अनिवार्य हुन्छ ।

के हो श्राद्ध ?
ब्रम्हपुराणका अनुसार कुनैपनि वस्तु, उचित समय तथा स्थानमा पितृको नाम उचित विधिद्धारा ब्राम्हणलाई श्रद्धापूर्वक दिनु नै त्यसलाई श्राद भनिन्छ । श्राद्धको माध्यमबाट पितृलाई तृप्त बनाउनका लागि भोजन पठाउने मान्यता रहि आएको छ । पिण्डका रुपमा पितृलाई दिइएको भोजन श्रादको मुख्य हिस्सा मानिन्छ ।

के दिइन्छ त श्रादमा ?
श्राद्धमा तेल, चामल, पहेलो दाल, काँचो तरकारी, नुन लगायतका खाद्यवस्तुहरु समावेश गरिन्छ । श्राद्धमा तेल र कुशको अत्यन्तै महत्व हुन्छ । साथै पहेलो फूल चढाउने तथा पहेलो चन्दन लगाउनु पर्दछ ।

श्रादमा कौवाको महत्व
हिन्दु धर्म अनुसार कौवालाई पितृको रुप मानिन्छ । भनिन्छ श्राद ग्रहणका लागि हाम्रा पितृ कौवाको रुपधारण गरेर आउँछन् । उनीहरुलाई श्रादमा उपयोग गरिएको वस्तु खानका लागि दिइएन भने उनीहरु रुष्ट हुन्छन् ।

स्रोह श्रादमा के गर्ने ?
पितृको तिथि नआन्जेलसम्म सकिन्छ भने एक छाक खाना खाने । त्यसमा पनि रोटी खानु राम्रो हुन्छ । त्यस्तै हात गोडाका नङ काट्ने, दिनदिनै नुहाउने गर्नु राम्रो हुन्छ । श्रादको दिन दतिवनले दाँत माझ्दा राम्रो हुन्छ । श्राद अगाडि पान लगायतका वस्तुहरुको सेवन नगर्ने । श्राद नसकिँदा सम्म शरीरमा तेल नलगाउने, साथै किरा परेको अन्न प्रयोग नगर्ने ।

श्रादको बेला घिउ, चिनी, दूध मिसाएर बनाएको पिण्ड पितृलाई अर्पण गर्नुपर्दछ । सोहि बेला पितृहरुको सम्झना गर्दै ‘मैले तपाईलाई देखेको छैन, घिउ चिनी, दूध मिसाएको पिण्ड अर्पण गरेको छु’ भन्दै उनीहरुको सम्झना गर्नुपर्दछ ।

कहाँ गर्ने त श्राद ?

आफ्नो घरमा, मन्दिरमा बसेका ब्रम्हाण्डबाट, तिर्थमा, गोर्कणमा, कोटिहोममा, पशुपति क्षेत्रमा गएर श्राद गर्न सकिन्छ । सोह्र श्रादपछि दुर्गापक्ष विजयादशमी तथा शुभ दीपावली आउने भएको हुनाले पहिले पितृहरुको आर्शिवाद लिएर देवताहरुको पूजा अर्चना गर्नुपर्ने ज्योतिषहरु बताउँछन् ।

वि.सं.२०७६ असोज ५ आइतवार ११:५१ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...