back
CTIZAN AD

अमेरिकामा सयौंलाई रोजगारी दिएका दिपेश भन्छन्–‘विहेको दिन पनि काममा गए’ (भिडियोसहित)

वि.सं.२०७६ असोज ५ आइतवार

780 

shares

५ असोज, टेक्सास । अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनमा यसपटक सफल युवा ब्यवसायी दिपेश श्रेष्ठले आफ्नो कथा सुनाएका छन् । टेक्सासको डल्लासमा रहेका नेपाली युवा ब्यवसायी दिपेशले दश बर्षमा राम्रो ब्यवसायिक सफलता हात पार्न सहज यात्रा नभएको सुनाएका छन् ।

हाल सयौंलाई रोजगार दिन सफल भएका दिपेशले आफूले आफ्नो बिहेको दिनमा पनि काममा गएको अनुभव सुनाएका छन् । दिपेशले भनेका छन् त्यतिबेला संघर्षको समय थियो त्यसैले मैले बिहे भनेर बिदा पनि लिईन । सय भन्दा धेरै ग्यांस स्टेशनका मालिक दिपेशले हाल आईटि, रियल स्टेट लगायतका धेरै ब्यवसायमा हात हालेको भए पनि आफुले यति नै संख्यामा ब्यवसाय छन् भनेर भन्न खोज्दैनन् ।

अमेरिकादेखि नेपालसम्म ब्यवसायीक सफलता हात पारेका दिपेशले अधिकांस ब्यवसाय साझेदारिमा गरेका छन् । नेपालीहरु साझेदारी गर्न सक्दैनन् भन्ने आरोप गलत सावित गरेका दिपेश नयां सोंच र युवा बिचार हुनेहरुलाई सदैव ब्यवसाया गर्न हौसला प्रदान गर्दछन् । प्रस्तुत छ उनै श्रेष्ठसंग कार्यक्रम पत्रकार सूर्य थापाले गरेको भिडियो संवाद

वि.सं.२०७६ असोज ५ आइतवार १३:०३ मा प्रकाशित