back
CTIZAN AD

एम्बुलेन्स दुर्घटनाका घाइतेको आर्थिक सहयोगका लागि याचना

वि.सं.२०७६ असोज ५ आइतवार

780 

shares

५ असोज, खोटाङ । बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बनेका खोटाङका युवाको अवस्था चिन्ताजनक छ ।

खोटाङ जिल्ला अस्पतालबाट बिरामी लिएर हिँडेकोे ट १ झ ५०१ नंको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का ३५ वर्षिय युवराज आचार्यको अवस्था चिन्ताजनक भएको हो ।

जिल्ला अस्पतालबाट बिरामी लिएर थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा गत बिहीबार राति सप्तरी जिल्लाको कञ्चनपुरस्थित बेरियर भन्ने स्थानमा एम्बुलेन्स दुर्घटना भएको थियो । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत सख्त घाइते युवराजको अझै होस खुल्न नसकेको उहाँका भाइ इन्द्र आचार्यले जानकारी दिए । कन्चनपुर इलाका प्रहरी कार्यालयका अनुसार भने सख्त घाइते आचार्यको शुक्रबार बेलुकी टाउकोको शल्यक्रिया भएको थियो ।

यसैगरी उपचारका लागि सोही एम्बुलेन्समा अस्पताल लागिएकी वृद्धाको पनि अझै होस खुल्न नसकेको बताइएको छ । राति करीब २ बजेको समयमा रोकिराखेको टिपरलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का एम्बुलेन्स चालक ३६ वर्षीय गोविन्द ढुङ्गानासमेत घाइते भएका थिए । चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चन्द्र राजवंशीले बताए । सख्त घाइते आचार्य दिक्तेलबजारस्थित सरस्वती माविमा सहयोगीको रुपमा कार्यरत थिए ।

आचार्यको आर्थिक अवस्था दयनीय हुँदा उपचारका लागि समस्या भएकाले सक्दो सहयोग गर्न आफन्तजन तथा सहयोगीसँथ आग्रह गरिएको उहाँकी श्रीमती जानुका आचार्यले बताए । खोटाङमा जन्मी युकेलाई कर्मथलो बनाइरहेका समाजसेवीको संस्था खोटाङ सेवा समाजले यस जिल्लाका लागि सात एम्बुलेन्स र दुई भिडियो एक्स–रे उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्समध्ये निर्मलीडाँडालाई केन्द्र बनाएर सेवा प्रवाहका लागि दिइएको एम्बुलेन्स दुर्घटनामा परेको थियो । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार १४:४१ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...