back
CTIZAN AD

बधाई छ कमरेड वामदेव गौतम

वि.सं.२०७६ असोज ५ आइतवार

888 

shares

५ असोज, काठमाडौँ । सामाजिक सन्जाल फेसबुकमा वरिष्ठ पत्रकार तथा विश्व प्रेष काउन्सीलका महासचिव किशोर श्रेष्ठको स्टाटस आयो । त्यसमा लेखीएको थियो वामदेव गौतम कास्कीबाट निर्वाचन नलड्ने ।

किशोर दाइको स्टाटस आफैँमा स्पष्ट पारीरहनु नपर्ने समाचार भएपनि पत्रकारीताको धर्म अनुसार मैले कमरेड गौतमको नजिकका अन्य श्रोतसँग पनि विषयको स्पष्टता बुझे । विगतमा वामदेवले बल नगरेकै वेस लगायतका आर्टीकल लेख्दा पाएका विविध प्रतिक्रिया र कमरेड गौतमको पछिल्लो निर्णय मेरा लागि फेरी अर्को विषयमा लेख्ने मसला अवश्य थिए ।

मेरो पछिल्लो प्रयास र किशोर दाइको स्टाटसले सच्चाइको मेल खाएपछि मैले कमरेड गौतमलाई पनि फोन गरे । विगतमा फोन उठाउन खासै अप्ठ्यारो नमान्ने वामदेव कमरेडले आज भने यतिवेला सम्म मेरो फोन उठाएनन् । तर कमरेडको पछिल्लो निर्णयले भने गौतम माथी आसा गरेर बसेको ठूलो जनसमूह, पार्टीका कार्यकर्ता र सुभेक्षुकमा राम्रै र सकारात्मक तरङ्ग ल्याइदिएको छ । यसले फेरि वामदेव गौतम पदलोलुप नेता होइनन्, त्याग र समर्पणका खानी पनि हुन भन्ने प्रष्ट पारेको छ ।

वामदेवको बल

वामदेव गौतमले फेसवुक स्टाटसबाटै आफू उमेदवार नहुने प्रष्ट पारेपछि गौतमको फोन नउठ्नु सँग पनि अब अलमलीइरहनु परेन । ०४८ र ०५१ मा वर्दियाबाट निर्वाचन जितेर पार्टीको उपाध्यक्ष र उपप्रधान मन्त्री जस्तो गरीमामय पदमा गौतम पुगीसकेका छन् । अबको गौतमको मीसन देशको प्रधानमन्त्री र पार्टीको अध्यक्षनै हो । आफ्ना समवयी सबै यो पोजीसनमा पुगीसकेका कारण गौतममा छिटो ति पद प्राप्त गर्ने अभीलासा हुनु स्वभावीक हो ।

तर हतारको निर्णय कति पस्चगामी हुँदो रहेछ भन्ने विगतमा पार्टीको विभाजन बाट भोगी सकेका गौतमलाई पछिल्लो निर्णयले साँच्चै उचाइ दिएको छ । यसकारण अब वामदेवले कास्की निर्वाचन क्षेत्र सहित देशै भरी निर्वाचन हुने ३९ वटै स्थानमा पुगेर पार्टीलाई जीताउने प्रयत्न गर्नु श्रेयस्कर हुनेछ । निर्वाचनका विविध आयामका बारेमा असाध्यै मिहिन तरीकाले बुझेका गौतमलाई आसन्न उपनिर्वाचन को कमाउन्डर बनाएर पार्टीले देश दौडाहामा पठाए आगामी उप निर्वाचन पार्टीका लागि फलदायी हुन सक्छ ।

शुभकामना
पछिल्ला केहि पेशागत संस्थाको चुनावमा पाएको पराजयलाई उत्तर दिने गरी कार्यकर्ता परिचालन आगामी निर्वाचनको अपरीहार्य आवश्यकता हो । यसका लागि वामदेव जत्तिको कावील नेता अरु सायदै होलान् । यसकारण यस निर्वाचनमा पार्टीका उमेदवारलाई जीताउन गौतम आजैबाट लागुन, शुभकामना छ ।

यदि अहिले आसन्न निर्वाचनमा पार्टीका उमेदवार जीताउने प्रयत्नको नेतृत्व वामदेवले लिए पार्टीको आसन्न महाधीवेसन गौतमका पक्षमा हुनेमा कुनै शंका छैन । यसकारण आगामी मार्ग प्रसस्तीका लागि समेत गौतमको देश दौडमा आवश्यक छ ।

वि.सं.२०७६ असोज ५ आइतवार १५:०६ मा प्रकाशित

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...