back
CTIZAN AD

यौन दुव्र्यवहारका अभियुक्तलाई कैद

वि.सं.२०७६ असोज ५ आइतवार

702 

shares

५ असोज, सप्तरी । जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।
अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताउनुभयो । अदालतको फैसलामा भनिएको छ, “मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महीना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।”
रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको आरोप छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार १५:२८ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...