back
CTIZAN AD

ऐक्यबद्धताकी सम्पादक मीना शर्मालाई युवा पत्रकारिता पुरस्कार

वि.सं.२०७६ असोज ७ मंगलवार

1.1K 

shares

७ असोज, काठमाण्डौं । ऐक्यबद्धता मासिककी सम्पादक मीना शर्मालाई युवा पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ ।

प्रेस काउन्सिल नेपालको ५० औं बार्षिकोत्सव (स्वर्णजयन्ती) का अवसरमा सम्पादक शर्मालाई राष्ट्रपतिबाट युवा पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको हो ।

विगत २२ वर्षदेखि अनवरतरुपमा पत्रकारितामा लागिरहेकी शर्मा ऐक्यबद्धता मासिक तथा संसारन्युज डटकमकी सम्पादक हुन् ।

त्यस्तै प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको प्रेस काउन्सिल नेपालले यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार गोविन्दबहादुर थापालाई (रु.१ लाख ५१ हजार), प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार डा. सुरेश आचार्यलाई (रु.१ लाख ५ हजार), प्रेस काउन्सिल आचारसंहिता पुरस्कार दैनिक नेपालगञ्ज, बांके (रु. ५० हजार) र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मो.हसन मियाँ सुनसरी (रु.२० हजार), र प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध सा.त्रै.(सम्पादक÷प्रकाशक, होमशंकर बास्तोला) (रु.२० हजार) लाई प्रदान गरिएको छ ।


त्यसैगरी प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्का ( जनही रु.२० हजार) प्राप्त गर्नेमा नेपालभूषण न्यौपाने, (गोरखा, हाल काठमाडौँ), शिवबहादुर कार्की, मोरङ, सितारामप्रसाद बर्मा कट्टेल धादिङ, यज्ञप्रसाद शर्मा मोरङ, हरि जोशी कञ्चनपुर, बालकृष्ण प्रसाद (धनुषा) हाल काठमाडौँ), शंकर कार्की खोटाङ, (हाल काठमाडौँ), विष्णुप्रसाद शर्मा, दैलेख, विश्वमणि सुवेदी, (सुनसरी) हालः काठमाडौँ) रहेका छन् ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार (जनही रु.१५ हजार) पाउनेमा अजयदीप शर्मा, रुकुम, हाल दाङ, अमर खड््का सुनसरी, डिलाराम भुसाल (कपिलवस्तु), करुण अर्याल (कपिलवस्तु, (हाल–काठमाडौँ), विधान श्रेष्ठ, (इलाम), हाल काठमाडौँ, निलिफा सुब्बा, सुनसरी, मन्जिमा ढकाल, काठमाडौँ, सोमबहादुर थापा, कैलाली,रिङकु मिश्र (गायत्री), (धनुषा) रहेका छन् ।

त्यस्तै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार पाउनेमा सविता बानियाँ, (रु.२० हजार), हर्कबहादुर श्रेष्ठ, (रु.२० हजार), प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार, २०७६ ः विपुल पाण्डे, (रु.१० हजार) रहेका छन् ।

वि.सं.२०७६ असोज ७ मंगलवार ०८:४६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...