back
CTIZAN AD

जिउँदो योगदान र इतिहासलाई अपमान गरेको भन्दै नेजस अमेरिकाद्वारा राष्ट्रपतिको निन्दा

वि.सं.२०७६ असोज ७ मंगलवार

753 

shares

नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रमुख प्रतिपक्ष दलको नेता, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले केही दिन अगाडि सार्वजनिक सभामा गरेको व्यंग्य प्रहारप्रति बैठकले कडा आपति जनाउँदै निन्दा गरेको छ।

२०१९ सेप्टेम्बर २२ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको टेलिफ़ोन कन्फरेन्स बैठकले एउटा जिउँदो योगदान र इतिहासलाई अपमान गर्ने राष्ट्रपतिको यस्ता अमर्यादित भनाई प्रति खेद प्रकट गरेको समितिका महासचिव मुनिन्द्र नेम्बाङद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

उक्त बैठकले लामो समय देखि हुन नसकेको अधिवेशन पार्टीको निर्देशन बमोजिम अब ६ महिनाभित्रमा हुने कुराको जानकारी गराउँदै संगठन तथा अन्य समसामयिक विषयमा ६ निर्णय गरेको छ ।
यस्तो छ निर्णयहरू :

१)नेका केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयले, यही निर्वाचित समितिलाई ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न भाद्र, २४, २०७६ मा जारी पार्टीको परिपत्र मार्फत दिएको निर्देशनलाई स्वागत गर्दै, बैठकले मातृपार्टी प्रति आभार प्रकट गरेको छ ।

२)नेपाली जनसम्पर्क समिति अमेरिकाको सम्पूर्ण च्याप्टरहरुको अधिवेशन आगामी डिसेम्बर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

३)च्याप्टर अधिवेशन सम्पन्न गर्नको लागि अक्टोबर महिनाभित्र सबै च्याप्टरहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता रसीद पूर्याइने छ ।

४) च्याप्टर गठन नभएका राज्यहरूबाट नयाँ च्याप्टरका लागि समितिको निश्चित मापदण्ड अनुसार प्रकृया पुर्याएर अक्टुबर महिनाभित्र सभापति समक्ष आवेदन दिएको खण्डमा, छलफल गरी त्यस्ता च्याप्टरहरुलाई पनि बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

५)नेपाली काँग्रेसको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानको क्रममा नेका बाँकेकी जिल्ला सभापति किरण कोइरालामाथि कम्युनिष्टहरुले गरेको सुनियोजित संघातिक हमलाको बैठकले घोर निन्दा र भर्त्सना गरेको छ ।

६) प्रमुख प्रतिपक्ष दलको नेता, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले केही दिन अगाडि सार्वजनिक सभामा गरेको व्यंग्य प्रहारप्रति बैठकले कडा आपति जनाउँदै निन्दा गरेको छ। एउटा जिउँदो योगदान र इतिहासलाई अपमान गर्ने राष्ट्रपतिको यस्ता अमर्यादित भनाई प्रति खेद प्रकट गर्दै, राष्ट्रपति एउटा सबै नेपालीको सम्मानित साझा संस्था भएकोले सबैको साझा भइदिन सम्माननीय राष्ट्रपतिलाई बैठकले आग्रह समेत गरेको छ ।

 

 

वि.सं.२०७६ असोज ७ मंगलवार ०८:३१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...