back
CTIZAN AD

नेपाली जनसम्पर्क समितिको शिघ्र अधिवेशनको माग

वि.सं.२०७६ साउन ७ मंगलवार

873 

shares

नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको शिघ्र अधिवेशनको माग गरिएको छ ।
गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका र नेपाली जनसम्पर्क समिति अमेरिका डालस–फोर्टवर्थ च्याप्टरको संयुक्त आयोजनामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले शिघ्र अधिवेशनको माग गरेका हुन् ।

जुलाई १९, वेलुकी ५ बजे डाल्लस, टेकसस स्थित फिस्टेल रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा ने.का. पुर्व केन्द्रीय सदस्य सुरेश मल्ल, विशेष अतिथि ने.का. पार्टी कार्यलय पुर्व मुख्य सचिव, पुर्व सासंद, पुर्व सचेतक तथा गीरीजा प्रसाद कोइराला फाउण्डेशन केन्द्रीय संचालक समीती सदस्य डाक्टर शोभाकर पराजुली र अतिथी नेपाली काँग्रेस जिल्ला कोशाध्यक्षहरुको राष्ट्रिय समितिका उपाध्यक्ष एवं नेपाली काँग्रेस धादिङ्का कोशाध्यक्ष बाबुकृष्ण सापकोटा साथै टेक्सास स्थित नव निर्वाचित NRN अमेरिका का सभापति सुनिल साह तथा स्थानिय सघं-सस्थांका पदाधिकारीहरु, वुद्वीजिवि, समाजसेवि, पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

डालस– फोर्टवर्थ च्याप्टका सभापति ज्ञानेन्द्रराज कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सुन्दर कर्मचार्यले अतिथिहरुलाई स्वागत गर्दै र यस फाउण्डेसनको उद्देश्य बारे प्रकाश पारेका थिए । त्यसैगरी फाउण्डेसनका मानार्थ सदस्य भगवान मैनाली, अतिथि बाबुकृष्ण सापकोटा, नेजस अमेरिकाका सस्थापक महासचिव कृष्ण लामिछाने, एनआरएनए अमेरिकाका सभापति सुनिल साह, प्रवासी नेपाली मंचका झेत्रीय संयोजक भिम कार्की हरुले समसामयिक विषय मा आ–आफ्नो धारणा राखेका थिए ।

बिषेश अतिथि नेपाली काग्रेसका नेता, पुर्वसांसद र पुर्व सचेतक डा शोभाकर पराजुलीले गिरिजा वावुले राष्ट्रको हितको लागि निर्भीक र निडरका साथ निर्णय गरेको इतीहास स्मरण गराउँदै आज देशमा उनी जस्तो नेताको खाँचो रहेको औल्याए ।

बिषेश अतिथि नेपाली काग्रेसका नेता, पुर्वसांसद र पुर्व सचेतक डा शोभाकर पराजुलीले गिरिजा वावुले राष्ट्रको हितको लागि निर्भीक र निडरका साथ निर्णय गरेको इतीहास स्मरण गराउँदै आज देशमा उनी जस्तो नेताको खाँचो रहेको औल्याए । उनले फाउण्डेसनको उद्देश्य बारे पनि स्पष्ट पारेका थिए । प्रमुख अतिथि पुर्व मन्त्री तथा नेका पुर्व केन्द्रीय सदस्य सुरेश मल्लले हामी सबै कांग्रेसीहरु देश या विदेशमा गिरीजा वावुकै मुलमन्त्र सहकार्य, सहमति र एकता नै अङ्गीकार गरेर अघि बढनु पर्ने धारणा व्यक्त गरे । उनले नव निर्वाचित एनआरएनए एनसीसी अमेरिकाका पदाधिकारीहरुलाइ बधाई दिदै नयाँ कार्यसमितिको काँधमा ठुलो जिम्मेवारी आएको बताए । उनले गिरिजाबाबुको मुल मन्त्र सहमति, सहकार्य र एकता गर्दै अघि बढन सुझावसमेत दिए ।

कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव दिनेश शर्माले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा डा शोभाकर पराजुलीबाट लिखित पुस्तक ‘डेमोक्रेसी एण्ड सोसियलिज्म’ पुस्तक एनआरएनए अमेरिका र नेपालि जनसम्पर्क समिति अमेरिका डालस– फोर्टवर्थ च्याप्टर लाइ हस्तान्तरण गरिएको थियो।

वि.सं.२०७६ साउन ७ मंगलवार १२:३३ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...