Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

नगर अस्पताल निर्माण गर्दै काठमाडौँ महानगरपालिका




७ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ ।

आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए । महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने र कति श्ययाको हुने भन्ने छिट्टै टुङ्गो लगाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनले भने, “महानगरवासीकै अनुरोध र यहाँको आवश्यकताको आधारमा नगर अस्पतालको योजना बनाइएको हो ।”

उक्त अस्पताल निर्माणका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने अध्ययन भइसकेको छैन । चालू आवभित्रै उपयुक्त स्थान छनौट गरिसकेर काम शुरु गर्ने योजना रहेको कामपाले जनाएको छ । महानगरभित्र विभिन्न स्थानमा जग्गा भए पनि सबैभन्दा पायक स्थानमा पर्ने जग्गा छनौट हुने प्रवक्ता डङ्गोलले बताए । उनले भने, “महानगरका ३२ वटै वडाका बासिन्दालाई सहज पर्ने स्थानको खोजी शुरु भइसकेको छ ।”

महानगरपालिकाका विभिन्न वडामा नगर स्वास्थ्य क्लिनिक छन् । तिनले महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिँदै आएका छन् । चालू आवमा नै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको कामपाले आगामी आवमा जनस्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत रु १६ करोड २० लाख ३२ हजार छुट्टाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम