back
CTIZAN AD

गुल्मीको सत्यवतीमा पहिरो , ६ को मृत्यु, ८ बेपत्ता

वि.सं.२०७६ साउन ७ मंगलवार

906 

shares

७ साउन, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।उक्त पहिरोमा परी ८ जना बेपत्ता रहेको र ४ घर पहिरोले बगाएको छ । राती १० बजे आसपासबाट सुरु भएको पहिरो जाने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट ७५ किलोमिटर पूर्वाेत्तरमा मा पर्ने सत्यवती गाउँपालिकाको वडा नम्बर ३ को ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा पहिरोले गाउँनै बगाएको प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । पहिरोमा परी लिम्घा करेनडाँडाकी ३२ वर्षकी जुनु तरामी र उनका ९ वर्षका छोरा दर्शन तरामीको मृत्यु भएको छ । यस्तै रातिबाट बेपत्ता भएका करेन डाँडाकै ८ जना मध्ये ४ जनाको शब प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । मृतकको अहिलेसम्म सनाखत हुन नसकेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक घलले जानकारी दिए । ठूलो लुम्पेकमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । यसैगरी लिम्घाको पहिरोमा परी ४ जना बेपत्ता भएको प्र.ना.उ. घलेले जानकारी दिए ।

प्र.ना.उ घलेका अनुसार करेन डाँडाका ३ घर पहिरोले बगाएको छ । यस्तै ठूलो लुम्पेकमा पनि पहिरोले ४ घर बगाएकोे घलेले बताए । अहिले प्र.ना.उ घलेका नेतृत्वमा बिहान ४ बजे तम्घासबाट हिडेको टोली घटनास्थल पगिसकेको छ । यसैगरी रिणी इप्रकाका प्रहरी निरिक्षक राधाकृण सिंह र जुहाङग चौकीका प्रहरी नायव निरिक्षक खुमबहादुर खड्काको टिम पनि घटनास्थल पुगिसकेको छ । प्रहरीका अनुसार अहिले स्थानीय जनताको सहयोगमा प्रहरीले राहत र उद्धार कार्य गरिरहेको छ । प्रहरी राहत र उद्धारमा खटिएकोले भौतिक क्षति कति भयो भनेर अझै आंकलन गर्न नसकेको प्र.ना.उ घलेले जानकारी दिए ।

वि.सं.२०७६ साउन ७ मंगलवार १२:२६ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...