back
CTIZAN AD

रामेछाप दोहा सम्पर्क समाज द्धारा बिदाई कार्यक्रम सम्पन्न

वि.सं.२०७६ साउन ७ मंगलवार

852 

shares

२२ जुलाई, कतार । रामेछाप दोहा सम्पर्क समाजको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

समाजद्धारा जुलाई २३ मा दोहाको एक होटेलमा आयोजित कार्यक्रमा समाजका सक्रिय सदस्य अमित लामालाई बिदाई गरिएको हो ।

समाजका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षता र सचिव निर्मल नेवा खडगीको सञ्चालन रहेको उक्त कार्यक्रममा समाजका प्रथमउपाध्यक्ष उद्धव मगर, महासचीव नर बहादुर तामाङ्ग, सचीव निर्मल नेवा खडगी, सह–कोषाध्यक्ष मान कुमार मोक्तान, सदस्यहरु ः विक्रम योञ्जन, बुद्ध योञ्जन,अमित लामा, विनीता घिसिङ लगायतको उपस्थिती रहेको थियो ।

समाजका सहकोषाध्यक्ष मान कुमार मोक्तानको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले सदस्य लामालाई शुभकामना तथा विदाइको सम्झना स्वरुप खादा ओढाई सम्मान गरेका थिए ।

यसै क्रममा सम्मानीत सदस्य लामाले सबै साथीहरुसंग छुट्टीन पर्दाको पिडा वोध गर्दै नेपालमा गएरपनि संस्थाप्रति निरन्तर गर्न सक्ने कामहरु अग्रज स्रष्ठाहरुसंग रायसुझाव लिएर गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अन्तमा कार्यक्रमका अध्यक्ष ललित कुमार तामाङ्गले आफ्ना भनाईहरु राख्दै सम्मानीत अमित‘ लामा जस्ता कर्मनिष्ठ युवाको खाँचो पर्ने वताउदै भने ’छोटो बसाइमा नै संस्थाप्रति को वहाँको लगाव झुकाव र क्रियाशीलताले गर्दा नै वहाँ हामी माझ आँखाको नानी भएर घुमीरहनु भएको छ ।’

वि.सं.२०७६ साउन ७ मंगलवार ११:५२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...