back
CTIZAN AD

मोरङसुनसरी सेवा समाजद्धारा आर्थिक सहयोग

वि.सं.२०७६ साउन ७ मंगलवार

984 

shares

७ साउन,इटहरी । मोरङको उत्तरी केराबारी गाउँपालिका वडा नं. ६ स्थित याङसिलामा सर्पदंश उपचार केन्द्रको भवन निर्माणका लागि मोरङसुनसरी सेवा समाजले रु.५५ हजार एक कार्यक्रमबीच शनिबार हस्तान्तरण गरेको छ ।

ग्रामिण वस्तिमा सर्पको डसाईबाट मानिसको ज्यान जानबाट जोगाउन स्थापना गर्न लागिएको उक्त सर्पदंश उपचार केन्द्र भवन निर्माण सहयोगार्थ रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कालीशक्ती गणका गणपति प्रमुख सेनानी सुरज वैदवार रहेका थिए भने कार्यक्रमको सभापतित्व मोरङसुनसरी सेवा समाज केन्द्रीय अध्यक्ष रामनाथ भण्डारीले गरेका थिए ।

मोरङसुनसरी सेवा समाज नेपालका पूर्व कार्यसमिति सदस्य तथा केराबारी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा उक्त भवन निर्माण समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, वडा सदस्य रेखा विश्वकर्मा, भवन निर्माण समिति सदस्यहरु, मोरङ सुनसरी सेवा समाजका केन्द्रदेखि प्रवाससम्मका पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यहरु, स्थानीयबासीको उपीस्थति रहेको थियो ।

सर्पदंश उपचार सेवा केन्द्र स्थापनाका निम्ति मोरङसुनसरी सेवा समाज केन्द्रको समन्वयमा केन्द्रीय पदाधिकारी र प्रवास शाखाहरु कतार, युएई, ओमन, बहराईन, कुवेत र जापानबाट संकलित रकम एकमुष्ट बनाएर हस्तान्तरण गरिएको थियो । सो रकम सर्वदंश सेवा केन्द्रको भवन निर्माणका लागि संकलित रकम मोसु केन्द्रीय अध्यक्ष रामनाथ भण्डारी, प्रवास शाखा कतारका पूर्व अध्यक्ष टेकनाथ बराललगायतले संयुक्त रुपमा भवन निर्माण समितिका अध्यक्ष प्रकाश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख सेनानी वैदवारले मोरङ सुनसरी सेवा समाजको उक्त अमूल्य सहयोगले यस स्थान र आसपासका स्थानीयबासीको सर्पको डसाईबाट ज्यान जाने क्रम रोकिने बताए । प्रमुख सेनानी पैदवारले सर्पदंश सेवा केन्द्र स्थापनाका निम्ति सहयोग गरेकोमा मोरङसुनसरी सेवा समाजलाई हार्दिक धन्यवाद दिँदै संस्थाको प्रशंसनीय र उदाहरणीय कार्यका लागि शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०७६ साउन ७ मंगलवार ११:४३ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...