back
CTIZAN AD

ईमरानको राजनीतिक ईमान र नेपाल

वि.सं.२०७६ साउन ७ मंगलवार

1.2K 

shares

सारा बिश्वको नजर अहिले प्रधानमन्त्री ईमरान खान मार्फत पाकिस्तानमा परेको छ । भ्रष्टाचार र राजनैतिक तथा धार्मिक अतिबादका कारण युगौंदेखि अस्थिरतामा अल्मलिएको आणविक शक्ति राष्ट्र पाकिस्तान युगसापेक्ष सामाजिक तथा आर्थिक विकास र समृध्दीको मार्गमा आशातितरुपमा कहिल्यै अगाडी बढ्न सकेन ।

करिब १९ बर्ष अनवरत अनि अविछिन्नरुपमा जनताको माझ काम गरेर उनले अन्ततस् पाकिस्तानी जनताको मन जितीछाडे । राजनीति मार्फत रातारात शक्ति र सत्तामा पुग्न हतारिने नेपालका नयाँ पार्टीका सेलेब्रिटी नेताहरुले उनको त्यो अनवरत संघर्षबाट उचित सिक्नु पर्दछ कि राजनैतिक सफलता दैवीशक्ति या चमत्कारबाट होइन व्यक्तिको ईमान र धैर्यताबाट प्राप्त हुन्छ र त्यसको आधार भनेको सर्वशक्तिमान जनताहरु नै हुन ।

आज रोज गार्डेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पसंग समकक्षीको हैसियतमा भेट गर्दा उनले प्रस्तुत गरेका चट्टानी अडान र प्रस्तुतीले उनको राजनैतिक क्षमताको थप पुष्टी गर्यो । साधारणतया साना तथा अबिकशित तेश्रो बिश्वका राष्ट्राध्यक्षहरुले यस्ता अडिला अनि शालीन प्रस्तुती निक्कै कमले गर्ने गरेका छन ।

आफ्नो अमेरिकी भ्रमणमा हुने सक्ने फजुल खर्च बचाउन उनले सामान्य नागरिक सरह ब्यबसायिक वायुसेवाको प्रयोग गरेदेखि ठुला होटलमा नबसेर राजदुतावासमै बसेर उनले यसै चर्चा कमाएकै थिए । उसो त कास्मिर क्षेत्रमा भएको गोलाबारी र तनाबको बेला उनले भारतसंग खेलेको कुटनैतिक भूमिकाले पनि उनको उचाई बढाएको थियो ।

ईमरान खानको जीतको मात्र होइन निरन्तर कायम भएको लोकप्रियताको आधार भनेको उनको भ्रष्टाचार बिरुद्धको उनको ‘सुन्य सहनशिलता’को नीति र प्रतिज्ञा नै हो । मुस्लिम लीगका नेता तथा पुर्व प्रधानमन्त्री नवाज सरिफ, पूर्वराष्ट्रपति असिफ अली जर्दारी र पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासी लगायत थुप्रै ठुला नेताहरु अहिले भ्रष्टाचारको आरोपमा जेल जीवन बिताई रहेका छन ।

भ्रष्टाचारले आक्रान्त भएको हाम्रो देश नेपालले पनि ईमरान खान जस्ता साहसी र ईमानी नेताको नेतृत्व पाउने हो भने अबको केही बर्षहरुमा अहिले लोकतान्त्रिक, समाजबादी अनि के के जाती विभूषण पहिरिएर राष्ट्र र राज्यको दोहन र लूट गर्ने अधिकांश नेताहरुको बास देश दोहन गरेर कमाएको आलिशान महलहरुमा होइन झ्यालखानामा हुने पक्का छ । ढिलो चाँडो हाम्रो देश नेपालले पनि त्यस्तो भ्रष्टाचारमुक्त नेतृत्व पाउने छ । यस्तो नाङ्गो लूट अबको लामो समयसम्म चल्दैन ।

वि.सं.२०७६ साउन ७ मंगलवार ११:४२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...