
२३, जुलाई कोलोराडो । एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समरपिकनिक आईतबार सम्पन्न भएको छ ।कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कलाकार, व्यवसायी,बाल बालीका तथा सर्वसाधरण बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार बुद्धी लामीछाने, केन्द्रिय सदस्य गोबिन्द लम्साल, पूर्व केन्द्रियसदस्य जगन्नाथ शर्मा, नेवी संघका पूर्व महामन्त्री यादव पन्थ, एनआरएनकोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्की, लायन्स ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष एवं लङमन्ट लायन्सका अध्यक्ष जोशन श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टकाजोन चेयर पर्शन प्रमोद श्रेष्ठ, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कोलोराडो सिष्टर गु्रपका संयोजक धन पौडेल,एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष बासुदेब खनाल, नेपाली घरकाउपाध्यक्ष नातिबाबु भट्ट, आयोजक संस्थाका पदाधिकारी लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो ।

दिउसो ४ बजेदखी ८ बजेसम्म संचालित पिकनिकमा आयोजकले घर घरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागीहरुलाई निशुल्क उपलब्ध गराएका थिए। उपस्थित दिदी बहिनि दाजुभाईहरुले नेपाली लोकगितमा नाचगान गरि सहभागलिाई मनोरञ्जन प्रदान गरेका थिए ।

अमेरीकामा हालसम्म २७ वटा स्टेडहरुमा नेपाली जनसंम्पर्क समितीका च्याप्टरहरुगठन भएका छन् । कोलोराडोमा २००५ मा धर्मराज श्रेष्ठको अध्यक्षतामा औपचारीकरुपमा च्याप्टर गठन गरिएको थियो । यसै संस्थाले २०१२ देखी नेपालीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।