back
CTIZAN AD

बक्यौता उठाउँदै प्राधिकरण

वि.सं.२०७६ असोज ७ मंगलवार

765 

shares

७ असोज, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मातहतका विभिन्न निकाय, एयरलाइन्स, सरकारी कार्यालय, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।

सरोकार भएका ती निकायले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको देखिएको भन्दै प्राधिकरणले आज सूचना निकालेर ३० दिनभित्र उक्त रकम र नियमानुसार विलम्ब शुल्कसमेत बुझाउन आग्रह गरेको हो । प्राधिकरणलाई बक्यौता रकम बुझाउनुपर्ने १९५ कम्पनी, सरकारी कार्यालय, फर्म तथा व्यक्ति रहेका छन् । लामो समयदेखिको बक्यौता बुझाउन र विलम्ब शुल्क लाग्ने भए सोसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नु सूचनामा भनिएको छ ।

तोकिएको मितिभित्रमा पनि उक्त रकम प्राप्त नभएमा प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ ।

प्राधिकरणलाई बढी बक्यौता बुझाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय, नेपाल एयरलाइन्स तथा निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरु रहेका छन् ।

यही असोज २ गते प्राधिकरणको बजेट सार्वजनिक कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बक्यौता बुझाउन अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर ताकेता गरिने बताएक थिए ।

प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी, सरकारी निकाय तथा व्यक्तिबाट पुरानो र नयाँ गरी करीब रु दुई अर्ब बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । गत असार मसान्तसम्म रु दुई अर्ब बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको रु ५४ करोड, एयर एशियाको रु २२ करोड रहेको छ ।

त्यस्तै, युनिभर्सल सप्लाई एजेन्सीको रु आठ करोड ७२ लाख, रसुवा केडीजेभीको रु पाँच करोड ६२ लाख, नेकोन एयरको रु चार करोड ७२ लाख, ग्रिनलाइन इन्टरनेशनलको रु एक करोड ७८ लाख, किङ फिसर एयरलाईन्सको रु एक करोड १५ लाख लगायत रहेको छ ।

वि.सं.२०७६ असोज ७ मंगलवार १४:२३ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...